चीनको राजकीय भ्रमणमा रहेका दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन सँगै रिपोर्टिङमा गएका कोरियन फोटो पत्रकारमाथि चिनियाँ सुरक्षाकर्मीले कुटपिट गरेका छन्।
बिहिबार बिहान करिब ११ बजे राष्ट्रपति मुनले एउटा अर्थ मामिला सम्बन्धि मिटिङको लागि कम्पनि निरिक्षण गरि हल भित्र प्रवेश गर्ने क्रममा कोरियन पत्रकारलाई प्रवेशमा रोक लगाईएको थियो।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै कोरियन समाचार समिति योंहाप लेख्छ ,‘राष्ट्रपति मुन तथा उनका निजी सुरक्षा गार्ड कार्यक्रम हल भित्र प्रवेश गरिसकेपछि सँगै रहेका पत्रकार पनि प्रवेश गर्न खोज्दा चिनियाँ सुरक्षाकर्मीले रोकेका थिए। लगत्तै उनीहरुलाई भुइँमा लडाएर कुटपिट गरेका थिए।’
लात्तले हान्दै कुटपिट गरिएका केही तस्बिर समेत सार्बजनिक गरिएको छ। उनीहरुको साथबाट क्यामेरा समेत खोसिएको थियो।
कुटपिट पश्चात उनीहरुलाई तत्कालै अस्पताल पुर्याइएको थियो। पत्रकारले आफ्नो साथमा भएको परिचय पत्र देखाउँदा समेत सुरक्षाकर्मीले नछाडेको बताइएको छ। कुटपिटको कारण उनीहरूका आँखा तथा ढाडमा सामान्य चोट लागेको छ।
यसैबीच दक्षिण कोरियाली विदेश मन्त्रालयले घटनाको पुष्टी गर्दै चिनियाँ सरकारसँग छानबिनको माग गरेको छ। राष्ट्रपति मुन चार दिने राजकीय भ्रमणका क्रममा बुधबार चीन पुगेका थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




