कृषि विकास बैंकको रकम हिनामिना प्रकरणमा नेपाली सेनाका बहालवाला सहायक रथी डा. रमेश विष्ट पनि मुछिएका छन् । बैंकको न्युरोड शाखाबाट हिनामिना गरिएको करिब पाँच करोडमध्ये ३३ लाख सहायक रथी विष्टको बैंक खातामा पाइएपछि उनीमाथि अनुसन्धान सुरु भएको खबर खबर आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख डिआइजी पुष्कर कार्कीले बैंकबाट हिनामिना भएकोमध्ये ३३ लाख सहायक रथी विष्टको खातामा भेटिएको बताए । ‘कृषि विकास बैंक न्युरोड शाखामा हिनामिना भएको रकममध्ये केही सहायक रथी विष्टको बैंक खातामा भेटियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।
पुष्टि भए कारबाही
नेपाली सेनाका प्रवक्ता सहायक रथी नैनराज दाहालले भने, ‘बैंकको रकम हिनामिना सम्बन्धमा सेनाका जिम्मेवार अधिकारी मुछिएको भन्ने सूचना प्राप्त भएको छ । घटनाबारे जाँचबुझ हुँदै छ । पुष्टि भए कारबाही अघि बढाइनेछ ।’
पक्राउ
बैंकको न्युरोडस्थित शाखा कार्यालयबाट चार करोड ९१ लाख हिनामिना भएको थियो । प्रहरीका अनुसार घटना मुख्य योजनाकार नागार्जुन– १ का ३२ वर्षीया दीपिका रेग्मी हुन् । उनी बैँकमा सहायक ट्रेलरका रूपमा कार्यरत थिइन् । घटनामा संलग्न काठमाडौं– ३२ का प्रेमहरि ढुंगेल, टोखा– ८ का गोपाल गिरी, चन्द्रागिरी– ५ का महेश्वर मरहट्ठा, काठमाडौं– १६ का प्रकाश घतानी र काठमाडौं– ३२ का रमेशकुमार थापालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




