काठमाडौं– प्रहरीले नक्कली सुनको प्रलोभन देखाई ठगी गरेको आरोपमा दुई जना व्यक्तिलाई पक्राउ गरेको छ । बुधबार सिन्धुपाल्चोक निवासी निरबहादुर तामाङ र तुलबहादुर तामाङलाई पक्राउ गरेको हो । उनीहरुले नक्कली धातुलाई सुनको भएको भन्दै १० लाख ठगी गरेको प्रहरीको दाबी छ ।

भक्तपुरको सुर्यविनायक बस्ने उनीहरुले सोही जिल्लाको राधे–राधेमा केही मानिसहरुलाई बोलाई काठमाण्डौको काटेश्वरमा पुर्याएर ठगी गरेको प्रहरीको आरोप छ । आरोपी तुलबहादुर र निरबहादुर दुबैजना सिन्धुपाल्चोक माँखा निवासी भएको प्रहरीले बताएको छ ।

आरोपी तामाङसहित उनीहरुबाट एक थान नक्कली सुनको टुक्रा समेत जफत गरिएको प्रहरीले जनाएको छ । ठगीमा संलग्न आरोपीहरु फरार रहेको र उनीहरुको खोजी भैरहेको समेत प्रहरीले जनाएको छ


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार