कालीकोट– कालीकोटमा शुक्रबार प्रहरीसँगको झडपमा म्यादी प्रहरीको मृत्यु भएको घटना रहस्यमय भएको भन्दै प्रहरीले छानबिन अघि बढाएको छ। झडपमा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको थियो।
प्रहरीले हवाईफायर मात्र गरेको जनाएको छ। तर, प्रहरीकै गोलीबाट ऐडीको मृत्यु भएको स्थानीयले बताएका छन्। ऐडीको टाउकाको माथिल्लो भागमा चोट लागेको थियो । ‘प्रहरीले हवाईफायर मात्र गरेको छ, त्यसकारण प्रहरीको गोलीबाट म्यादी प्रहरीको मृत्यु भएको जस्तो देखिदैन, ५ नम्बर प्रदेशका प्रहरी प्रमुख एआईजी रण बहादुर चन्दले भने,‘गोली चागेको हो कि ढुङगाले लागेर मृत्यु भएको हो पोष्टमार्टम रिपोर्टपछि प्रष्ट हुनेछ ।’ झडपमा ऐडीलाई ढुङगाले लागेको हुनसक्ने प्रहरी अनुमान छ।
सरकारले तोकेभन्दा कम तलब दिएको भन्दै म्यादीहरुले प्रहरी कार्यालयमा ढुङगा हान्दै विरोध प्रदर्शन सुरु गरेका थिए। सुरुमा प्रहरीले अश्रुग्यास प्रहार गरेकोमा भिड नियन्त्रणमा आएको थियो। फेरी ढुङगा हान्न थालेपछि आफुहरुले हवाई फायर गरेको प्रहरीको दाबी छ। प्रहरीले दमन गरेको भन्दै स्थानीयहरुले ऐडीको मृत्युपछि प्रहरीको २ वटा बिट चलाएका थिए । थप दगा हुन नदिन जिल्लामा सशस्त्र प्रहरी परिचालन गरिएको छ।
कालिकोटमा म्यादी प्रहरीले ५५ दिनको ५८ हजार तलब तथा राशनभत्ता पाएका थिए । सबैलाई बैंकमार्फत नै दिइएको प्रहरीले जनाएको छ। गलत हल्लाको भरमा केही धेरै तलब माग्दा विवाद भएको बताइएको छ।
प्रहरीले स्थानीय तहमा म्यादी प्रहरीको मृत्युको अनुसन्धान अघि बढाएको छ भने प्रदेश प्रहरी कार्यालयले प्रहरीको कमजोरीमाथि पनि छानबिन थालेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




