काठमाडौं । केही महिनाअघिसम्म उच्च प्रहरी अधिकृत नवराज सिलवालको नामबाट आपराधिक दुनियाँका मानिस थरहरी हुन्थे । तर, अहिले प्रहरीको पोसाक र भ्यान देख्दा तिनै नवराजका बालबालिकाहरू तर्सन थालेका छन् । प्रहरी प्रमुख हुन नदिएपछि मुद्दा लडेका तत्कालीन डीआईजी नवराज सिलवालकी पत्नी र छोरीहरूलाई मात्र होइन, घरमा काम गर्ने सहयोगीलाई समेत प्रहरीले आतङ्कित बनाएको पारिवारिक स्रोतले जनाएको छ ।
प्राप्त जानकारीअनुसार गत पुस २८ गते शुक्रबार अमेरिकातर्फ प्रस्थान गर्दा नवराज सिलवालकी पत्नी सिर्जना र दुई छोरीलाई एयरपोर्टमा सादा पोसाकका प्रहरीले नवराजका सम्बन्धमा विभिन्न प्रश्न गर्दै उनीहरू देशबाहिर जान नपाउने भनी आतङ्कित बनाएका थिए । कतार एयरवेजको दिउँसो ४ः४० बजेको उडानबाट अमेरिका जान लागेका उनीहरूलाई अध्यागमनभित्र पुगेपछि सादा पोसाकका प्रहरीले अमेरिका किन जान लागेको रु नवराज सिलवाल कहाँ छन् भनी प्रश्न गरेका थिए ।
आफ्ना बाबु कहाँ छन् भन्ने आफूहरूलाई थाहा नभएको छोरीहरूले बताएपछि उनीहरूलाई बाबुको बारेमा जानकारी नदिई विदेश जान नपाइने भन्दै धम्क्याइएको थियो । प्रहरीको धम्कीबाट दुवै छोरी रोएको र पत्नी सिर्जनाले ‘हामी यो देशका नागरिक हौँ, हामीलाई दुःख नदिनुस्, नागरिक भएका कारण कुनै पनि देशमा जाने र आफ्नो देश फर्किएर आउने अधिकार हामीलाई छ’ भनेकी थिइन् ।प्रहरीले रोकेपछि जहाजले उडानको उद्घोष गरिसक्दासमेत उनीहरू अघि बढ्न सकेका थिएनन् ।
कतार एयरवेजका स्टाफहरू खोज्दै आएपछि के भएको हो भनी एयरपोर्टमै कार्यरत नेपाली सेनाका अधिकारीले बुझेपछि ती प्रहरीलाई तपाईंहरूसँग उहाँहरूलाई बाहिर जान नदिनका लागि पुर्जी छ भनी सोधेका थिए । ‘छैन’ भन्ने जवाफ पाएपछि उहाँहरूलाई रोक्न मिल्दैन भन्दै जहाजतर्फ पठाइएको थियो ।अमेरिका जानुअघि घरमा पटकपटक प्रहरी आएर नवराजका बारेमा सोधपुछ गर्दा छोरीहरू आतङ्कित भएको बुझिएको छ । गोदावरी र बालकुमारीमा रहेको उनीहरूको घरमा मात्र होइन, उनीहरूका मिल्ने साथी तथा आफन्तका घरमा समेत प्रहरीले दुःख दिएको उनका आफन्तहरूले बताएका छन् ।
पटकपटक घरमा खोजतलास गर्ने क्रममा घरको काममा सहयोग गर्दै आएकी मीना नामकी सहयोगीलाई समेत धम्क्याएपछि उनी काममा आउन छोडेकी छिन् । बारम्बार प्रहरीले धम्क्याउन थालेपछि छोरीहरू प्रहरी देख्नेबित्तिकै तर्सन थालेका थिए ।
बाबुका कारण नेपाल प्रहरीप्रति गर्व गर्ने छोरीहरू प्रहरी देख्दा आत्तिन थालेको उनका छिमेकी र आफन्तहरूले बताएका छन् । सानी छोरी प्रहरी देख्दा काप्ने र ठूली छोरी आत्तिने गरेका थिए । ठूली छोरी कलेजका लागि अमेरिकामा जान लागेकी भए पनि पत्नी सिर्जना र सानी छोरी जाने योजना थिएन, तर प्रहरीले मानसिक तनाव दिएपछि उनीहरू घर छोडेर हिँडेको बताइएको छ । ठूली छोरीको कलेज बन्दोबस्तपछि सिर्जना र सानो छोरी फर्कने बुझिएको छ ।
बढुवाका सिलसिलामा किर्ते कागजको मुद्दामा प्रहरीबाट व्यापक खोजी गरिएका पूर्वडीआईजी तथा ललितपुर क्षेत्र नं। १ बाट निर्वाचित एमाले सांसद नवराज सिलवालका दुई छोरी छन् । टेलिभिजनमा समाचार प्रस्तोता र मोडलसमेत रहिसकेकी उनकी पत्नी सिर्जना शिक्षा क्षेत्रकी पेसाकर्मी हुन् – घटना र विचार साप्ताहिकबाट
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




