१३ माघ, बुटवल । पदभार ग्रहणको एकहप्ता पुग्दै गर्दा प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले प्रदेशको पहिलो बैठक डाक्ने तयारी गरेका छन् ।
कुराकानीमा उनले पहिलो बैठकको मिति आजै टुङ्गाउने तयारी भएको जानकारी दिए । ‘आज बेलुका ५ बजेसम्म मिति तोक्छौं, म यसैका लागि छलफल र अन्तिम तयारीमा छु’, उनले भने ।
विज्ञहरुसंग छलफल, कर्मचारी अभाव, भौतिक संरचनाको अभाव, समय अभावका कारण केही ढिलाइ भएको उनले बताए ।
झाले सात माघमा रुपन्देही व्यापार संघमा रहेको प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहणपछि ज्येष्ठ सदस्य बलदेव शर्मा पाखरेललाई बुटवल उद्योग वाणिज्य संघको प्रदेश सचिवालयमा शपथ खुवाएका थिए । लगत्तै अन्य प्रदेशसांसदहरुलाई बलदेवले शपथ ग्रहण गराए ।
प्रदेशको अन्तिम नतिजा सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभाको पहिलो बैठक बसिसक्नु पर्ने संवैधानिक व्यवस्था छ । त्यसअनुसार माघ २३ गतेभित्र प्रदेशसभाको पहिलो बैठक बसिसक्नुपर्नेछ । प्रदेश ५ मा प्रत्यक्षतर्फ ५२ र समानुपातिक तर्फका ३५ गरी ८७ प्रदेशसभा सदस्य छन् ।
प्रदेशसभा बैठक बुटवल उद्योग बाणिज्य संघको सचिबालयमा बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




