२३ माघ, काठमाडौं । ज्योतिषहरुले बताएको भविश्य एवं पञ्चाङ्ग पात्रोमा उल्लेख भएको वार्षिक फललाई कसैले पत्याउँछन् त कसैले विश्वास गर्दैनन् । तथापि प्रत्येक वर्ष पात्रो छापिँदा वर्षभरिको ‘फल’ उल्लेख गरिएको हुन्छ ।
ज्योतिष पण्डित सूर्यप्रसाद ढुंगेलले तयार पारेको ०७५ सालको सूर्य पञ्चाङ्ग पात्रोको ‘मासफल’ लाई पत्याउने हो भने आगामी असारबाट शासक वर्गमा तनाव एवं मतभेद देखा पर्नेछ । त्यसबेलाको ‘शासक वर्ग’ भनेको सम्भवतः केपी ओली नेतृत्वको वाम गठबन्धन सरकार हो ।
पञ्चाङ्ग पात्रोमा बैशाखदेखि नै राजनीतिक क्षेत्रमा आन्तरिक विवादहरु देखा पर्ने भनिएको छ । मंसिरमा शासक वर्गमा मतभेद एवं वैमनस्य बढ्नेछ । र, शासन प्रणालीमा चित्त नबुझे्र कतै कतै जनसंघर्ष देखा पर्नेछ ।
सूर्य पाञ्चाङ्गमा पुस महिनाको मासफलको सुरुमै राष्ट्र प्रमुखहरुमा द्वन्द्व सुरु हुने उल्लेख गरिएको छ । तर, माघमा विश्वासको संकट टर्ने बताइएको छ ।
तर, फेरि फागुनको मासफलमा यस्तो लेखिएको छ– ‘राजनेताहरुमा परस्पर विरोध बढ्ने छ ।’
०७५ साल चैतको मासफलमा लेखिएको छ– राजनीतिक क्षेत्रमा देखिएको समस्याले निकास पाउने छ ।
पात्रोमा मंसिरदेखि शासक वर्गमा वैमनस्य बढ्ने र चैतमा समस्याले निकास पाउने उल्लेख छ । पुसमा वर्षाका कारण जनजीवन कष्टदायी हुने उल्लेख छ
पञ्चाङ्गमा उल्लेखित मासिक फल अनुसार ०७५ साल बैसाखमा महंगी बढ्ने, सेयर बजारमा अस्थिरता बढ्ने, अपराधका घटनाहरु बढ्ने अनि राजनीतिक क्षेत्रमा आन्तरिक विवादहरु बढ्ने छन् ।
जेठ महिनामा महंगी बढ्ने, रोग र महामारी फैलने, दुर्घटना बढ्ने, आपसमा झगडा र युद्ध हुने्, आँधी-हुरी आउने र राजनीतिक क्षेत्रमा विश्वासको संकट देखापर्ने सूर्य पञ्चाङ्गमा उल्लेख गरिएको छ ।
असारमा जनता सुखी हुने, सुनचाँदी र भैंसीको मूल्य बढ्ने, घिऊ तेलको मूल्य स्थिर हुने, फलफूल र तरकारीको मूल्य आकाशिने अनि शासक वर्गमा तनाव र मतभेद बढ्ने पात्रोमा उल्लेख छ ।
साउनमा कतै-कतै युद्ध, महामारी, बाढी पहिरो आदि समस्या आइपर्ने उल्लेख छ । भदौमा ‘राजनीतिमा विश्वासको संकट टर्न थाल्नेछ’ भनिएको छ । असोजमा फेरि ‘शासक वर्गमा मतभेद उत्पन्न हुनेछ’ भनिएको छ । कात्तिकमा त झन् ‘कतैकतै साम्प्रदायिक तनाव देखा पर्नेछन्’ भनिएको छ ।
मंसिरदेखि शासक वर्गमा वैमनस्य बढ्ने र चैतमा समस्याले निकास पाउने उल्लेख छ । पुसमा वर्षाका कारण जनजीवन कष्टदायी हुने उल्लेख छ ।
पात्रोमा उल्लेख भएका यस्तो भविश्यवाणी विज्ञानसम्मत छ भनेर पुष्टि गर्न सकिँदैन । तैपनि हिन्दु संस्कृतिमा यस्ता कुरालाई राशीफलजस्तै गरी एउटा विश्वास एवं मान्यताका रुपमा लिइने गरिएको छ र नेपाली पात्रोमा हरेक वर्ष यसरी वार्षिक फल प्रकाशित गर्ने परम्परा रही आएको छ ।
त्यसैले पात्रोमा लेखिएका यी कुराहरु पत्याउने वा नपत्याउने जिम्मा पाठकलाई नै ।अनलाईन खबरबाट साभार
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




