काठमाडौं : नेपाली कांग्रेसले सरकारको निगरानीका लागि छाया सरकार गठन गर्ने निर्णय गरेको छ। केन्द्रदेखि स्थानीयतहसम्म इमान्दार प्रतिपक्षको भूमिका इमान्दारितापूर्वक गर्ने बताउँदै कांग्रेसले छाया सरकार गठन गर्ने निर्णय गरेको हो।
बैठकपछि पत्रकारसँग कुरा गर्दे कांग्रेस सांसद एवम् केन्द्रीय सदस्य गगन थापाले कांग्रेसले छाया सरकार गठन गरेर अगाडि बढ्ने निर्णय गरेको जानकारी दिए। ‘बैठकले छाया सरकार गठन गर्ने निर्णय गरेको छ!, नेता थापाले भने, ‘छाया सरकारले सरकार र मन्त्रीहरुलाई नजिकबाट निगरानी गर्ने छ।’ कांग्रेसले छाया सरकारमा मन्त्रीसमेत बनाउने निर्णय गरेको छ।
सँगै बैठकले छाया सरकारको अवधारणालाई विधानमा समावेश गर्ने निर्णय गरेको छ। शनिबारको बैठकमा नेता मिनेन्द्र रिजालले पेस गरेको संघीय संसदीय दलको विधान मस्यौतामाथिसमेत छलफल भएको छ।

g]sfF ;+;bLo bnsf] a}7s
g]kfnL sfFu|]; ;+;bLo bnsf] sfof{nodf zlgaf/ a;]sf] ;+;bLo bnsf] a}7sdf g]sfF ;efklt z]/axfb’/ b]pjf, jl/i7 g]tf /fdrGb| kf}8]n, dxfdGqL 8f z+zfs sf]O/fnf nufot ;xefuLx? . tl:a/M /f]zg ;fksf]6f, /f;;
कांग्रेस नेता बालकृष्ण खाँडका अनुसार राष्ट्रियसभा र प्रदेशसभामा दृढताका साथ रचनात्मक प्रतिपक्षको काम गर्ने विषयमा समेत छलफल भएको छ। रचनात्मक प्रतिपक्षका लागि सबै सांसद दृढताका साथ लागिपर्ने खाँडले प्रष्ट पारे।
शनिबारको दलको कार्यालय सिंहदरबारमा भएको संसदीय दलको बैठकको अध्यक्षता जेष्ठ सदस्यका हैसियतमा सभापति शेरबहादुर देउवाले गरे। अहिले बसिरहेको कांग्रेस संसदीय दलको बैठकमा संसदीय दलको नेता चयनका विषयमा छलफल जारी छ। अधिकांश सांसदले संसदीय दलको नेता सकेसम्म सर्वसम्मतीमा चयन गर्नुपर्नेमा जोड दिएका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




