गोप्य सरकारी परिपत्र सार्वजनिक भएको तीन दिनपछि दिल्लीमा हुने भनिएको तिब्बती कार्यक्रम स्थगित
भारतीय उच्च अधिकारीले सम्पूर्ण उच्च भारतीय पदाधिकारीहरूलाई तिब्बती कार्यक्रमबाट टाढा रहन भनेको गोप्यपत्र समाचारपत्रहरूले सार्वजनिक गरेको तीन दिनपछि दिल्लीमा हुने तिब्बती कार्यक्रम स्थतिग भएको छ । आयोजकहरूले सो कार्यक्रम हिमाञ्चल प्रदेशस्थित धर्मशालामा सारेका छन् । प्रवासमा रहेको तिब्बती प्रशासनले दलाई लामा भारत प्रवेश गरेका ६० वर्ष पुगेको अवसरमा दिल्लीमा विभिन्न कार्यक्रम राखेको थियो ।
आयोजक ‘केन्द्रीय तिब्बती प्रशासन’का अधिकारीहरूले स्थान परिपवर्तनमा समाचारमा आएको पत्रको कुनै प्रभाव नरहेको प्रतिक्रिया दिएको छन् । उनीहरूले आफूहरूलाई भारत सरकारबाट कुनै खालको दबाब नआएको बताएको छन् ।
दिल्लीमा रहेका चिनियाँ अवलोकनकर्ता भने सार्वजनिक भएको नयाँ परिपत्रबाट आश्चर्यमा परेका छन् । केहीअघिसम्म चीनविरुद्ध सहजै ‘तिब्बत कार्ड’ खेल्ने गरेको मोदी सरकारको अकस्मातको यो परिवर्तनलाई भारतको चीनसँग सम्बन्ध सुधारको प्रयासका रूपमा हेरिएको छ ।
दोक्लम सङ्कटदेखि भारत चीनबीच असहज सम्बन्ध रहँदै आएको छ ।
यस परिघटनाको सुरुवात ‘इन्डियन एक्सप्रेस’ले २ मार्चमा भारतीय विदेश सचिवले उच्च भारतीय पदाधिकारीहरूलाई लेखेको भनिएको पत्रबारे समाचार सार्वजनिक गरेपछि भएको थियो । उक्त पत्रमा आफ्ना केन्द्रीय र प्रादेशिक ‘उच्च नेताहरू’ र ‘सरकारी पदाधिकारीहरूलाई’ मार्चको अन्त्य र अप्रिलको प्रारम्भमा तिब्बती नेताहरूले गर्न लागेका कार्यक्रमहरूमा सहभागी नहुन भनिएको थियो । कार्यक्रमहरू दलाई लामाको भारत निर्वासनको ६० वर्ष पुगेको अवसरमा दिल्लीमा मार्च ३१ र अप्रिल १ मा आयोजना हुन लागेको थियो ।
फेब्रुअरी २२ मिति भएको सो पत्र परराष्ट्र सचिव विजय गोख्लेले क्याबिनेट सचिव पी.के. सिन्हालाई पठाएका थिए । बेइजिङका पूर्वराजदूत रहेका गोख्लेले सिन्हालाई ‘भारतीय सरकारको सम्पूर्ण मन्त्रालयहरू र विभागहरू तथा प्रादेशिक सरकारलाई प्रस्तावित वार्षिक कार्यक्रममा निमन्त्रणा नस्वीकार्न र सहभागी नहुन गोप्य ‘सल्लाह’ परिपत्र’ जारी गर्न आग्रह गरेका छन् ।
त्यसको चार दिनपछि सिन्हाले सो निर्देशिकापत्रमा उल्लेख भएका केन्द्रीय र प्रादेशिक नेताहरूलाई परिपत्र पठाएको समाचारमा उल्लेख छ । चीनले तिब्बती धार्मिक नेता दलाई लामालाई पहिलेदेखि ‘विखण्डनकारी’ र ‘खतरनाक पृथक्तावादी’ भन्ने गरेको छ । उसले कुनै पनि सरकार दलाई लामासँगको नजिक भएको मन पराउँदैन ।
सचिवहरू र सरकारी विभागहरूका प्रमुखलाई पठाइएको सूचनामा सिन्हाले यी कार्यक्रमहरूमा सहभागिता ‘निरुत्साहित गर्नुपर्छ’ र ‘सो सम्बन्धमा उपयुक्त कदम चाल्न अनुरोध गरिन्छ’ भनिएको छ ।
परिपत्रमा उनले ‘विषयको संवेदनशील प्रकृतिलाई’ जोड दिन गोख्लेको पत्रका केही लाइनहरू उद्धरण गरेका छन् ।
परराष्ट्र सचिवको उद्धरण यस्तो रहेको छ ः “यसमा १ अप्रिल २०१८ मा नयाँदिल्लीस्थित थ्यागराज स्पोर्टस् कम्प्लेक्समा आयोजना गर्न लागिएको ‘धन्यवाद भारत !’ जस्ता ठूला सार्वजनिक कार्यक्रमहरू पनि समावेश रहेको छ । दलाई लामासँग जोडिएको संस्थाले भारतीय अतिथिहरूलाई पनि आमन्त्रित गर्ने सोच बनाएको सूचना छ । यसपछि पनि दिल्लीलगायत भारतका अन्य राज्यहरूमा अन्य कार्यक्रम हुने भनिएको छ ।”
“प्रस्तावित अवधि भारतको चीनसँगको सम्बन्धको सन्दर्भमा अत्यन्त संवेदनशील समय हुनेछ । केन्द्रका हुन् वा प्रदेशका शीर्ष नेताहरू र सरकारी पदाधिकारीहरूको यी कार्यक्रममा सहभागिता राम्रो मानिन्न र यसलाई निरुत्साहित गरिनुपर्छ ।”
गोख्लेले सो पत्र पठाएर चीन भ्रमणमा निक्लिएका थिए । विश्लेषकहरू यस्तो पत्र नियमित प्रक्रिया थियो र यो पटक चाहिँ बाहिर सार्वजनिक भएको हो कि भनेर पनि शङ्का गरिरहेका छन् ।
पत्रबारे समाचार सार्वजनिक भएपछि शुक्रबार जारी गरिएको वक्तव्यमा विदेश मन्त्रालयले भनेको छ ः “दलाई लामासँग सम्बन्धमा सरकारको अडान स्पष्ट र एउटै रहेको छ । उनी आदरणीय धार्मिक नेता हुन् र उनी भारतीय जनतामाझ सम्मानित छन् । हाम्रो पुरानो अडान बदलिएको छैन । उनलाई भारतमा आफ्ना धार्मिक क्रियाकलापहरू सञ्चालन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ ।” भारतको यो वक्तव्यलाई मुख लुकाउने प्रयासका रूपमा हेरिएको छ ।
आलोचकहरूले यस्तो निर्देशिकाले चीनलाई भारत आफ्ना दबाबसामु झुक्ने सन्देश जाने खतरा औँल्याएका छन् । तिनले यस्तो कार्यले भविष्यमा चीनले भारतमाथि आफ्ना थप चासो सम्बोधन गर्न माग गर्ने बाटो खोल्नेतर्फ सचेत हुन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




