काठमाडौं, २ चैत । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रक्षामन्त्री एवम् एमाले महासचिव ईश्वर पोखरेलबीचको सम्बन्ध चिसिएको छ ।
नेपाल समाचार पत्रमा लेखिएको छ, ‘प्रधानमन्त्री ओलीले अर्थमन्त्रीको दाबेदारका रुपमा रहेका पोखरेललाई रक्षामन्त्री बनाएपछि विवाद उत्कर्षमा पुगेको हो । महासचिव पोखरेलको सट्टा डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाएपछि प्रधानमन्त्री ओली र महासचिव पोखरेलबीच सम्बन्ध बिग्रिएको छ ।’
अर्थमन्त्री बन्ने आकाक्षांसहित पार्टी अध्यक्ष ओलीसँग लबिङ गरेका महासचिव पोखरेल अन्तिम समयसम्म अर्थमन्त्री हुनेमा ढुक्क थिए ।
दोस्रोपटक मन्त्रिपरिषद विसतार हुने दिन बालुवाटारमा ओली र पोखरेलबीच मन्त्रालयको बीचमा छलफल भएको थियो ।
पोखरेलले अर्थमन्त्रीबाहेक अन्य मन्त्रालयमा नजाने अडानसहित बाहिरिने क्रममा ओलीले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने प्रतिवद्धतासहित शपथको तयारी गर्न आग्रह गरेका थिए ।
समाचारपत्रले एमालेका ‘एक नेता’लाई उद्धृत गर्दै लेखेको छ, ‘ शपथका लागि तयारीका साथ महासचिव पोखरेल शीतल निवास पुग्नुभयो, कुन मन्त्रालय हो टुंगो लागेको थिएन । शीतल निवासभित्र प्रवेश गरेपछि रक्षा मन्त्रालयबाट स्वागतका लागि तयारी अवस्थामा रहेको कर्मचारीको फोन आयो, त्यसपछि महासचिव पोखरेल ओलीसँग निकै रुष्ट बन्नुभएको थियो ।’
रक्षा मन्त्रालयबाट खबर आएपछि मात्र मन्त्रालयको पत्तो पाएका पोखरेलले रक्षामन्त्रीको शपथ लिने कि नलिने दोधारमा परेका थिए । तर शीतल निवासमा सबै तयारी भएकाले सपथ लिने निर्णय लिएको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




