{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1618060408117","source":"other","origin":"unknown"}

काठमाडौँ । राप्रपा अछामका नेता रामबहादुर चलाउने नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

२०३६ साल देखि राजनीतिमा सकृय चलाउनेलाई शनिवार नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक रुपमा कांग्रेसको सदस्यता प्रदान गर्दै पार्टी प्रवेश गराउनुभएको हो ।
२०४७ साल देखि राप्रपा पार्टीमा रहेर काम गरिरहेका चलाउने पूर्व जिल्ला बिकास समिति अछामका सदस्य हुनुका साथै २०७० सालको आमनिर्वाचनमा राप्रपा पार्टीका तर्फबाट अछाम क्षेत्र नम्बर २ बाट सांसदको उम्मेद्वारी दिदै पराजित भएका थिए ।

तुर्माखाद गाउँपालिका वडा नम्बर ७ तोषी निवासी नेता चलाउने
पूर्व शिक्षक पनि हुन।शिक्षण पेशा पृष्ठभुमी भएका चलाउने उक्त पेशा छोडिसकेपछी निरन्तर राजनीतिमै कृयाशिल हुनुहुन्छ ।

शनिबारको देउवा निवासमा भएको एक कार्यक्रममा सभापति देउवाले उहालाई पार्टीमा स्वागत गर्नुभयो भने चलाउनेले अबको सबै समय कांग्रेस पार्टीमा रहेर जनताका लागि केही सेवा गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उक्त कार्यक्रममा अछाम क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य रामबहादुर बिष्ट ,नेपाली काङ्ग्रेस अछामका पार्टी सभापति भरत कुमार स्वार,पुर्व महाधिवेशन प्रतिनिधि मानबहादुर रावल ,क्षेत्रीय सभापति लक्ष्मण शाह लगायतको पनि उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार