
टोकियो/जापान ।यहि अक्टोबर ३१ तारिख जापानमा हुने आम निर्वाचनको आजबाट औपचारिक प्रचार/प्रसार तीब्ररुपमा अघि बढेको छ ।
तल्लो सदनको प्रतिनिधि सभा सदस्यको निर्धारित ४६५ सिटका लागि १ हजार ५० जना उम्मेद्वारहरु चुनावी मैदानमा उत्रिएका छन् । यो आम निर्वाचनमा पनि विगतमा जस्तै प्रधानमन्त्री किशिदा फुमिओको दल लिब्रल डेमोक्रेटिक पार्टी र उनका सानो सत्ता साझेदार पार्टी कोमेईतो बहुमत प्राप्तीको दौडमा छ भने प्रमुख प्रतिपक्षी दल कन्स्टिच्युशनल डेमोक्रेटिक पार्टी अफ जापान सत्ता संचालनमा पुग्ने उच्च चाहना सहित चुनावी प्रतिष्पर्धामा छ ।
महशुस हुनेखालको आर्थिक वृद्धि तथा कोरोना भाईरस माहामारी नियन्त्रण सहितको मूख्य एजेण्डा सहि यहि अक्टोबर ४ तारिख जापानको १०० औँ प्रधानमन्त्रीको रुपमा सत्तामा पुगेका किशिदा आमा मानिसहरुको मन जित्ने नारा सहित पुनः बहुमतको सरकार बनाउन कटिबद्ध देखिन्छन् ।उता प्रमुख प्रतिपक्ष दल कन्स्टिच्युशनल डेमोक्रेटिक पार्टी अफ जापान भने आवेनोमिक्सलाई बोकेर हिँड्ने तथा पुरानै एजेण्डाहरुलाई भजाउने नभई, जापानको बढ्दो उपभोक्ता कर घटाउने तथा मुलुकको पुनरुत्थानका लागि ठोस योजना सहित अघि बढ्ने बताउँदै कडा प्रतिष्पर्धा सहित दावेदारी प्रस्तुत गरिरहेको छ ।
यसैविच गत शनिबार र आईतबार जापानको एक समाचार संस्था क्योदो न्युजले गरेको मतदाताहरुसंगको सर्वेक्षणमा यस पटक पनि सत्तारुढ दल डेमोक्रेटिक लिब्रल पार्टी ( एलडिपी) नै लोकप्रिय देखिएको छ । उक्त सर्वेक्षण अनुसार सर्वेक्षणमा सहभागी मतदाताहरु मध्ये २९.९ प्रतिशतले प्रधानमन्त्री किशिदा फुमिओको पार्टी लिब्रल डेमोक्रेटिकलाई नै मतदान गर्ने बताएका थिए । त्यस्तै सोही सर्वेक्षणमा प्रमुख प्रतिपक्षी दल कन्स्टिच्युशनल डेमोक्रेटिक पार्टी अफ जापान( सिडीपीजे) ले भने सहभागी मध्ये ९.७ प्रतिशत मतदाताहरुको मात्रै मन जितेको देखिएको थियो ।
यसका साथै उक्त सर्वेक्षणमा भाग लिएका मध्ये ३९. ४ प्रतिशले कुन दललाई मतदान गर्ने भन्ने प्रष्ट बताउन सकेका थिएनन् । त्यस्तै सत्तारुढ दलको सानो साझेदार दल कोमेईतोलाई सर्वेक्षणमा सहभागी मध्ये ४.७ प्रतिशतले मतदान गर्ने बताएका थिए ।
यसरी,यी सर्वेक्षणहरुलाई आधार मान्ने हो भने जापानमा यस पटकको आम निर्वाचनमा पनि वर्तमान सत्तारुढ दल लिब्रल डेमोक्रेटिक पार्टीले नै अग्रता लिने निष्कर्षमा पुग्न सकिन्छ ।
बर्तमान कोभिड माहमारीमा कुन- कुन दलको प्रतिवद्धताहरु कस्तो छ त ?
दलगत प्रतिवद्धताहरु प्रस्तुत गर्नेक्रमको सुरुवात गरौँ, सत्तारुढ दल – लिब्रल डेमोक्रेटिक पार्टी( एलडिपी)बाट,
१.एलडिपीले आफ्नो एजेण्डा सुरुवातमा कोभिड १९ माहामारीलाई नियन्त्रण गर्ने बुँदालाई प्रस्तुत गर्दै यसै वर्षको अन्त्यबाट कोभिडको खाने औषधीको पहुँच विस्तार गर्ने उल्लेख गरेको छ ।
२.नियमित रोजगारी नभएका व्यक्ति,महिला, परिवार, बालबच्चा तथा विद्यार्थीहरुलाई आर्थिक साहयता प्रदान गर्नेछ ।
३.सार्वजनिक स्वास्थ्य क्षेत्रमा हाल महामारीको बेलमा देखिएका अभाव व्यवस्थापनलाई प्रभावकारी र बलियो बनाउँदै क्षमता विस्तार गर्नेछ ।
४. सार्वजनिक बहसमा आधारित नियामक निकायलाई बलियो बनाउन आवश्यक अधिकार दिन कानून संशोधन गर्ने । लगायतका एजेण्डाहरु छन् ।
यस्तै प्रमुख प्रतिपक्षी दल, कन्स्टिच्युशनल डेमोक्रेटिक पार्टी अफ जापान(सिडिपीजे)ले पनि आफ्ना सशक्त योजनाहरु यसरी यसरी अघि सारेको छ ।
१.महामारी रोकथामका लागि प्रधानमन्त्रीको मातहातमा रहने गरि एक सशक्त निकायको खडा गरिनेछ ।
२.न्युन आए भएकाहरुलाई आर्थिक साहयता प्रदान गर्नको लागि करिब ३० ट्रिलियन येन बराबरको पुरक बजेट ल्याईनेछ ।
३.जापान आउने हरेक व्यक्तिलाई कम्तीमा १० दिन क्वारेन्टिन राख्ने ब्यवस्था गरिनेछ ।
४.मेडिकल क्षेत्रमा कृयाशील जनशक्तिहरुलाई आर्थिक पुरस्कार (लाभ) प्रदान गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




