टोकियो । सेप्टेम्बर २४ मा, प्रवासी नेपाली मन्च जापान, कान्तो कमिटीले “दशै-तिहार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम २०७४” को आयोजना गर्ने भएको छ ।

नेपालीहरूको महान चाड बडा दशै र शुभ दीपावलीको पावन अवसरमा प्रवासमा  रहेका नेकपा एमालेलाई मायाँ गर्ने कार्यकर्ताहरूको विचमा भाईचारा, एकता र सद्भावको वातावरण शृजना गर्दै एक आपसमा आत्मीयता बढाउँदै शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्न लागिएको कान्तो कमिटीका अध्यक्ष सुजन पन्तले जानकारी दिए ।
कार्यक्रम सव्य र भव्य रूपमा सम्पन्न गर्न लागि एमालेमा आस्था राख्ने तथा एमालेलाई मायाँ गर्ने सम्पुर्ण महानुभावहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको छ । कान्तो सचिव मदन चापागाईले भने- ‘यो महत्वपुर्ण कार्यक्रमका लागि सिंगो कान्तो टिम लागिपरेको छ । ‘

कार्यक्रम बारे विस्तृत जानकारी
मिति : २०१७-९-२४ आईतवार
समय : २ बजे
स्थान : Master chef kitchen
Tokyo-Minato-ku,shiba 2-2-12
Near Hamamatsucho station
Near Daimon station
संम्पर्क: 03-6435-4822


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार