टोकियो । पुरातनबादी राजनीति गरेको आरोप लाग्ने,कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद धनराज गुरुङले ,पहिले आफ्नै घरबाट राजनैतिक कुसंस्कार त्याग्न जरुरी भएको बताएका छन् । उनले ,नेता प्रदीप पौडेललाई प्रवेश नदिएको सन्दर्भ जोड्दै भने – ‘ राजनीतिक कुसंस्कार त्याग्न नसकेसम्म नेता र देशले प्रगति गर्न सक्दैन जबसम्म मुलुक र राजनीतिज्ञहरु कमजोर रहिरन्छन् तब सम्म जापानको अध्यगमनले गरे जस्तो कार्य सामान्य हो । त्यसैले हामीले राजनीति कुसंस्कारलाई त्याग्नुपर्छ ।’
नेपाली कॉंग्रेस निकटको नेपाली जनसम्पर्क समिति जापानले आईतबार टोकियोमा आयोजना गरेको राष्ट्रिय एकता तथा आर्थिक सम्बृद्धीमा प्रवासको भुमिका विषयाक अन्तरक्रियामा बोल्दै गुरुङले नेताहरुले देश बनाउन सबै खालको लोभबाट माथि उठदै जात धर्म र क्षेत्र नभई सिंगो देश र नेपालको लागि सोच्नु पर्ने बताए ।
जनसम्पर्क समिति जापानका सभापति डिपि कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुरुङको प्रमुख अतिथ्यता रहेको थियो । गुरुङको अाग्रहमा कार्यक्रमा फुल माला तथा खादाको प्रयोग गरिएको थिएन । ‘ज़िम्मेवारी पुरा नगर्ने तर खादा र माला लगाएर मंचमा बस्ने कुरा सुहाउने काम होईन’ गुरुङले भने । गुरुङले आपनो बाल्यकालमा आपनो आमाले भनेको विषय सम्झदै गर्दा निकै भावुक बनेका थिए उहाले जन्मभूमि र आमाको विषय कसैसग तुलना गर्ने नसकिने भन्दै नेताहरुले यति राम्रो देश नेपाललाई बनाउन सबै लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा एनआरएन जापानका उपध्यक्ष अनिता गुरुङ, युथ फ़र अलका बाबुराम पौडेल, राजनिति पार्टिका नीराजन गैरे, प्रवासि नेपाली मच जापानका क़ाबा अध्यक्ष बाबुराम भन्डारी, मोहन घले ,जनजाति महासंघका पेमा लामा,एनआरएन एसिया प्यासिफिकका संयोजक किरण बि थापा, नेपाल लगानि बोर्डका सदस्य महेश श्रेष्ठ लगायतले मतब्य राखेका थिए । त्यसै गरी कार्यक्रममा, अध्यगमन विभागमा भएको गतिविधिबारे राजन कुमार पौडेलले जानकारी गराएका थिए । यसका साथै समारोहमा प्रमुख अतिथि गुरुङद्वारा, पॉच जनालाई जनसम्पर्क समिति जापानको नयाँ सदस्यता पनि प्रदान गरिएको थियो ।
सोहि कार्यक्रममा, नेपाली जनसम्पर्क समिति जापानको महाधिवेशन प्रतिनिधि चिरन्जिवि थापाले गैर आवासीय नेपाली संघ आईसिसिको लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




