जापानको श्रम तथा स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण आर्थिक अवस्था कमजोर बन्न पुगेका नागरिकहरुलाई नयाँ आर्थिक प्याकेज सार्वजनिक गरेको छ ।

मन्त्रालयले बिदेशीहरुलाई समेत सहायता प्रदान गर्ने गरी नयाँ सहयोग प्याकेज सार्वजनिक गरेको हो । नयाँ आर्थिक प्याकेज अनुसार कोरोनाका कारणले बिजुली बत्तीको बिल देखि बिमा रकममा समेत छुट दिने निती अबलम्बन गरिएको छ ।

कम्पनी बन्द भएर रोजगार गुमाएकाहरु अथवा कोरोनाका कारणले आय घटेका सबै नागरिकलाइ पेन्सन, बिमा रकम, बिजुली बत्ति, टेलिफोन बिल, पानी कोरोना कालमा लिएको ऋण छुटमा छुट लगायतका आर्थिक सहायता घोषणा गरेको हो ।

माथि उल्लेखित सुबिधा लामो समय जापान बस्न अनुमति पाएका (ओर्किङ्ग, डिपेण्डेण्ट लगायत ) प्राप्त गर्न सक्नेछन । सुबिधा प्राप्त गर्नका लागि सम्बन्धित निकायमा निबेदन भने दिन पर्ने ब्यबस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार