टोकियो/जापान । प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटी (ओएनएफ )ले नेपालीहरूको महान चाड विजयी दशमी, दिपावली तथा छठ पर्व २०७९ को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ ।

प्रवासी नेपाली मञ्च जापान राष्ट्रीय कमिटीले यहि अक्टोबर १६ तारिख, टोकियोमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको हो । कमिटीका सचिव राजेन्द्र श्रेष्ठका अनुसार,कार्यक्रम १६ तारिख आईताबार टोकियोको सिनओकुबोमा अवस्थित सोलमारी मुरा हलमा दिउँसो १ बजेबाट साँझ ५ बजेसम्म आयोजना हुनेछ ।

दसैँ,तिहार तथा छठ  लगाएत चाडहरुको शुभकामना आदानप्रदान कार्यक्रममा जापानस्थित नेपाली राजदूतावास, एनआरएनए र विभिन्न नेपाली सामाजिक संघसंस्था र अग्रज व्यक्तित्वहरुलाई आमन्त्रण गरेर देशको पछिल्लो समसामयिक विषयहरुमा समेत छलफल गरिने  श्रेष्ठले नेपालन्युजपोस्टलाई बताए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार