टोकियो/जापान । जापानी प्रधानमन्त्री किशिदा दक्षिणपूर्वी एसियाकै पहिलो गन्तव्य कम्बोडिया पुगेका छन्। उनले यहि १२ तारिख आसियानसँगको शिखर सम्मेलनमा भाग लिने योजना बनाएका छन्। यस सम्मेलनमा सहभागी भई युक्रेनमा रुसको आक्रमण जारी रहेकाले कानूनी शासन र स्वतन्त्रतामा आधारित अन्तर्राष्ट्रिय व्यवस्था कायम राख्न र सुदृढ गर्न सहयोगको आह्वान गर्ने योजना रहेको बताईएको छ ।

प्रधानमन्त्री किशिदा ८ दिने कार्यतालिका सहित दक्षिणपूर्वी एसियाका तीन देशको भ्रमणमा निस्किएका हुन् ।उनले यस बिचमा (ASEAN = दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ)सँगको शिखर बैठकमा भाग लिने र जापान, अमेरिका र दक्षिण कोरियाबीचको शिखर सम्मेलनका साथै एक अर्को शिखर सम्मेलनमा समेत भाग लिनेछन् ।

पूर्व न्यायमन्त्रीको राजीनामाका कारण किसिदाको भ्रमण निर्धारित समयभन्दा १० घण्टा ढिलो गरी आज (१२तारिख) बिहान १ बजे मात्रै सरकारी विमानमा हानेदा विमानस्थलबाट उनको पहिलो गन्तव्य कम्बोडियाको लागि निस्किएका थिए। किसिदा जापान समय अनुसार बिहान साढे सात बजे कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका छन्।आज जापान र (ASEAN )बीचको शिखर बैठकका साथै (ASEAN )र जापान, चीन एवं दक्षिण कोरिया बीचको शिखर बैठकमा भाग लिने योजना रहेको छ।

बैठकमा प्रधानमन्त्री किशिदाले रुसले युक्रेनमा गरेको आक्रमण र आणविक हतियारको प्रयोगको धम्कीको निन्दा गर्दै एसियालगायत कुनै पनि क्षेत्रमा बलद्वारा यथास्थितिमा एकपक्षीय परिवर्तन अस्वीकार्य हुने आफ्नो अडान दोहोर्‍याउनेछन् । यस पटक पनि उनले कानूनी शासन र स्वतन्त्रतामा आधारित अन्तर्राष्ट्रिय व्यवस्था कायम राख्न र सुदृढ गर्न सहयोगको लागि आह्वान गर्ने बताईएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार