टोकियो/जापान। राष्ट्रिय स्वतन्त्र पार्टिको प्रवास सम्पर्क
विभाग जापान गठन भएको छ । आज(डिसेम्बर ३० तारिख)जापानको राजधानी टोकियोमा आयोजित भेलाले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास सम्पर्क विभाग जापान गठन गरेको हो ।

पार्टी सभापति एवं उप-प्रधानमन्त्री तथा गृह मन्त्री रबि लामिछाने तथा पार्टी उप-सभापति डि.पि. अर्याल द्वारा अनलाईनमा सम्बोधन गरिएको प्रवास सम्पर्क विभाग गठन कार्यक्रममा जापानमा रहेका पार्टीका शुभचिन्तक,सामाजिक तथा व्यवसायिक लब्धप्रतिष्ठित व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

छोटो समयमै देशमा सकारात्मक आशा जगाएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास सम्पर्क विभाग जापानको सभापतिमा दिलेन्द्र प्रसाद जोशी,उप सभापतीमा शमीर जंग खड़का,महा मन्त्रीमा खेम राज पौडेल,सह महामन्त्री- भोज राज श्रेष्ठ
,कोषाध्यक्षमा सन्तोष घिमिरे,सह कोषाध्यक्षमा सुरेश केसी
तथा सदस्यहरुमा कमला काप्री,नारायण खड़का, इश्वरी अर्याल,प्रकाश आचार्य र सरोज धमाल चयन भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार