टोकियो/जापान। जापानी प्रधानमन्त्री फुमिओ किशिदाले शीर्ष कम्पनीहरूलाई उनीहरूको कार्यकारी निकायमा थप महिलाहरू समावेश गर्न आग्रह गरेका छन् । तर नीजि क्षेत्रलाई लैंगिक समानतामा जोड दिन भन्दै गर्दा, उनको आफ्नै सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीमा पनि लैङ्गिक अन्तरको खाडल भने निकै गहिरो देखिएको छ।

एलडेपीले अर्को तल्लो सदनका लागि हालसम्म करिब २६० एकल सिट जिल्लामा उम्मेदवारहरू तयार गरेको छ । तर ती संख्यामा केवल २१ जना यानेकी केवल ८% मात्रै महिला छन्। यसले देशको सबैभन्दा ठूलो र निरन्तर सत्तामा पुगेको पार्टीमा पनि महिला सहभागिताको अवस्था भने दयानिय देखाएको अन्तराष्ट्रिय संचार माध्यमहरुमा टिप्पणी गरिएका छन् ।

जापान उच्च विकशित र शतप्रतिशत शिक्षितहरुको मुलुक भएता पनि महिलाहरुको सार्वजनिक जिवनता उच्च तहहरुमा खासै पुग्न सकेको छैन। यहाँ पनि अझै पनि महिला र पुरुषविच अघोषित विभेद कायमै देखिन्छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार