टोकियो/जापान। इसिबा शिगेरु औपचारिक रूपमा सोमबार जापानको प्रधानमन्त्रीको रूपमा पुन: निर्वाचित भएका छन् । उनको सत्तारुढ दलको नियन्त्रण बाहिर रहेको संसदमा दुर्लभ दोस्रो मतदान पछि उनि औपचारिकरुपमा प्रधानमन्त्रीमा चयन भएका हुन् ।
लिबरल डेमोक्र्याटिक पार्टीका प्रमुख इसिबाले यस पटक आफ्नो दलले बहुमत गुमाएपछि,जापानको राजनीतिमा तीन दशकमा पछि, नयाँ प्रधानमन्त्री चयन गर्नको लागि भएको पहिलो चरणको मतदानमा आफ्ना प्रतिद्वन्द्वी मूख्य विपक्षी दल संबैधानिक लोकतान्त्रिक पार्टीका नेता योशिहिको नोदालाई पछि पार्दै जीत हासिल गरेका हुन् ।
४ सय ६५ सदस्यीय प्रतिनिधिसभाको प्रारम्भिक चरणको मतदानमा कुनै पनि उम्मेदवारले प्रधानमन्त्री निर्वाचित हुन आवश्यक पर्ने २३३ मतको बहुमतको सीमामा पुग्न सकेनन् । त्यस पश्चात भएको दोस्रो मतदानमा इशिबाले २२१ मत प्राप्त गरे, जसमा नोदाले १६० मत प्राप्त गरे। मतदानमा ८४ मत अवैध तथा वदर भएको थियो। यसकी दोस्रो चरणको मतदानबाट इसिबा पुनः प्रधानमंत्रीमा चयन भए ।
इसिबा,अहिले बनेको गठबन्धन सरकारको गठनसंगै देशको अर्थतन्त्र सुधार तथा आम नागरिकहरुलाई राहत दिने उदेश्यले विशेष साहयता सहितको आर्थिक प्याकेज ल्याउने तयारी गरिएको बुझिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




