काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनिसकेका घरको नक्सासम्बन्धी विषयमा असुविधालाई तत्काल सहजीकरण गर्न निर्देशन दिएको छ । कतिपय गाउँपालिका तथा नगरपालिकाहरूले भूकम्पपीडितहरूलाई दोस्रो वा तेस्रो किस्ता रकम लिन जाँदा बनिसकेका घरको नक्सासम्बन्धी विषयमा अप्ठ्यारो पार्ने गरिएको गुनासो आएपछि प्राधिकरणले सम्बन्धितलाई उक्त निर्देशन दिएको हो ।
प्राधिकरणले स्थानीय तहका प्रतिनिधिसँगको बैठकमा नक्सासम्बन्धी अप्ठ्यारालाई स्थानीय तहकै सम्बन्धित गाउँपालिका र नगरपालिकाहरूले सहजीकरण गरी फरफारकमा सघाउ पुर्याउन निर्देशन दिएको हो । बैठकले निजी आवास निर्माणमा ठूलो सङ्ख्यामा सिकर्मी तथा डकर्मी परिचालन गर्नुपर्ने देखिएकाले तालीम प्रदान गर्ने विभिन्न निकायसँग छलफल गरी आगामी पुस मसान्तभित्रै सबै तालीम सम्पन्न गर्ने व्यवस्था मिलाउनेसमेत निर्णय गरेको छ ।
प्राधिकरणले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका प्रत्येक गाउँपालिका तथा नगरपालिकाको प्रत्येक वडामा कम्तीमा १ जना प्राविधिक इञ्जिनीयर, सबइञ्जिनीयर, असिष्टेण्ट सबइञ्जिनीयर, कम प्रभावित १७ जिल्लामा लाभग्राहीको सङ्ख्याअनुसार पर्याप्त हुने गरी प्राविधिक खटाउने व्यवस्था मिलाउन शहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई निर्देशन दिएको छ । त्यसका लागि १ प्राविधिकलाई बढीमा ५ सय लाभग्राही हेर्ने गरी परिचालन गराउने तयारी गरिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए ।
प्राधिकरणबाट स्थानीय तहमा खटिई आउने प्राविधिकहरूलाई कामकाज सहज गर्न गाउँपालिका तथा नगरपालिकाले व्यवस्था गर्ने र कम्तीमा १ जना सामाजिक परिचालक खटनपटन गर्न अत्यन्तै आवश्यक भएकोले त्यसको व्यवस्थापनका लागि पहल गर्ने प्राधिकरणले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




