काठमाडौं, वैशाख ७ । मधेसी मोर्चामा आवद्ध पाँच पार्टीबीचको एकताको औपचारिक घोषणा बिहीबार हुँदैछ । पाँच पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) अब मधेसको सबैभन्दा बढी सीट भएको पार्टी ठहरिएको छ ।
नयाँ दल राजपामा महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी, शरदसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी पार्टी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक आवद्ध भएका छन् । अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीई पनि एकता प्रक्रियामा सामेल गर्ने प्रयास भइरहेको नेताहरुले बताएका छन् ।
बुधबार राति एक बजेसम्म भएको डिनरसहितको छलफलले पार्टी एकताको टुंगो लगाएको हो । एकताको घोषणा ब्हिीबार अपरान्ह डिल्लीबजारस्थित अमृत भोग पार्टी प्यालेसबाट गर्न लागिएको नेता राजकिशोर यादवले जानकारी दिए । पार्टी एकता भएपछि तराई मधेसका विभिन्न जिल्लामा ब्याण्ड बाजासहित उत्सव मनाउन र बिहीबार साँझ दिपावली गर्न नेताहरुले जिल्लाका कार्यकर्तालाई निर्देशन दिएका छन् ।
एकता हुने पक्का भएसँगै मधेसमा अस्थित्वमा रहेका मधेस केन्द्रित दलहरुमध्ये संसदमा प्रतिनिधित्वका आधारमा राजपा सबैभन्दा ठूलो दल बनेको छ । अब संसदमा यो दलको सीट संख्या २३ पुगेको छ । हाल संसदमा तमलोपाको ११ सीट छ भने सदभावनाको ५ सीट छ । रामसपा र तमसपाको ३र३ सांसद छन् भने गणतान्त्रिक फोरमको १ सीट छ । यो सबै जोड्दा अब नयाँ पार्टी २३ सीटको बनेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




