सोलुखुम्बु, कात्तिक ३० – सोलुखुम्बबाट प्रतिनिधिसभा चुनावमा नेचासल्यान गाउँपालिकाका नेताबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसका उम्मेदवार बलबहादुर केसी र वाम गठबन्धनका उम्मेदवार हेमकुमार राई दुवै नेचासल्यान गाउँपालिकाका हुन् ।
बलबहादुर नेचासल्यान गाउँपालिका–२ का बासिन्दा हुनुहुन्छ भने हेमकुमार नेचासल्यान–४ का बासिन्दा हुनुहुन्छ । एउटै गाउँपालिकाबाट दुई नेता प्रतिनिधिसभाको प्रतिस्पर्धामा रहेकाले मतदाता समेत अन्यौलमा परेका छन् । कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीलाई हराउन वाम गठबन्धनलाई सकश पर्ने एक थरीको विश्लेषण छ भने जिल्लामा वाम गठबन्धन बलियो भएकाले वाम गठबन्धनकै सम्भावना बलियो रहेको अर्को थरीका व्यक्तिहरुको आँकलन छ ।
जिल्लाका लागि पुरानो अनुहारका रुपमा परिचित बलबहादुरसगँको प्रतिस्पर्धामा गठबन्धनबाट नौलो अनुहारलाई अघि सार्नुले पनि चुनाव थप रोचक हुने देखिएको छ । पटक पटक सोलुखुम्बुबाट विजयी भई मन्त्री समेत बनिसकेका केसीसँग हेमकुमार राईको प्रतिस्पर्धाले टोलटोलदेखि मेलापातमा समेत चर्चा पाएको छ ।
वाम गठबन्धन र नेपाली कांग्रेसबिच हुने प्रतिस्पर्धालाई मतदाताले चासोको रुपमा लिएका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सोलुखुम्बुबाट ६९ हजार ४ सय ११ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।
तर स्थानीय तहको चुनावलाई आधार मान्ने हो भने कांग्रेस नेता बलबहादुर भन्दा गठबन्धनका उम्मेदवार हेमकुमार ८ हजार ९८१ मतले अगाडि देखिनु हुन्छ । जिल्लाको आठवटा स्थानीय तहमा एमाले र माओवादी केन्द्रले २१ हजार ६९९ मत प्राप्त गरेका छन् भने कांग्रेसको मत १२ हजार ७१८ मात्र छ । यद्यपी पटक पटक सोलुखुम्बुबाट विजयी हुँदै आएका केसीलाई पराजित गर्न हेमकुमारलाई पनि फलामको चिउरा चपाउनु सरह देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




