मंसिर, धादिङ ।संयुक्त बाम गठबन्धन धुनिवेशीले सोमबार धुनिवेशी नगरपालिकाको वडा नम्बर ३ बद्रिटार मा नगर स्तरिय चुनावी कार्यक्रम गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका एमालेका स्थायी समिती सदस्य अमृत बोहोराले नेपाली कांग्रेसका कारण नेपाली जनताले दुख पाएको दावी गर्दै विगतमा निरङकुशतालाई टाउको उठाउन दिएको भन्दै सबै भन्दा लामो समय सत्तामा बसेको नेपाली कांग्रेसले केही नगरेको आरोप लगाए । उनले बाम गठबन्धनको साझा घोषणापत्र पढेर भोलीको भविष्य हेर्न आम जनतालाई अनुरोध गरे । उनले विपक्षीले भ्रममा पार्यो भन्दैमा कागले कान लग्यो भन्दा पनि पहिला कान छाम्न अनुरोध गरे ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथीको रुपमा रहेका क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा १ का उम्मेद्धार राजेन्द्र प्रसाद पाण्डेले बेपता परिवारको समस्या तिन महिना भित्र समाधान गर्ने र सहित तथा बेपता परिवारको समस्या अव एमालेको पनि रहेको बताए ।

गत २९ गते तोप्लाङमा घरदैलो गर्न निस्किएका पाण्डे विचबाटोमा लडेर घाईते भएका थिए । उपचार गराउदै गरेका पाण्डे आजको कार्यक्रममा अस्पतालको बेडबाटै आएका थिए ।

कार्यक्रममा एमाले र माओवादीका अल्लेखिय सहभागिता रहेको थियो सोही क्रममा प्रतिनिधिसभा १ का उम्मेद्धार भुमि त्रिपाठीले जिल्लाको विकाश गर्न बाम गठबन्धनसंग मात्र उपयुक्त योजना रहेको दावी गदै ५ बर्ष भित्र धुनिवेशी नगरपालिकाको सबै महत्वपुर्ण सडक कालोपत्रे गरिने बताए । उनले धुनिवेशी नगरमात्रै नभई धादिङ जिल्ला तरकारी पकड क्षेत्र रहेकोले अझ यसको विकाशमा अव बन्ने सरकारले जोड दिने बताए । उनले नेपाली कांग्रेसको यो नै अन्तिम सरकार भएको जिकिर समेत गरे ।

चुनावी सभामा लोक गायक बद्री पंगेनी लगायत राष्ट्रिय कलाकारहरुले विभिन्न गितसंगित सुनाएर मनोरञ्जन समेत दिएका थिए । चुनावी भेलामा नेपाली कांग्रेस परित्याग गरी विभिन्न तहमा रहेका ५० भन्दा बढी नेता तथा कार्यकर्ता बामगठबन्धनमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई एमाले नेता अमृत बोहोरा र राजेन्द्र पाण्डेले फुलमाला लगाएर स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार