अनेरास्ववियुकी अध्यक्ष नविना लामाले आफ्नाे बुबा माणिक लामा प्रति भएकाे अमानवीय व्यवहार प्रति खेद प्रकट गरेकी छिन् ।

आफ्ना बुबालार्इ बिनाकारण शंकाकाे भरमा पक्राउ गर्नु लाेकतान्त्रिक मूल्य र मान्यता विपरीत हुने उनले बताइन् । कुनै पनि अपराधिक र गलत सन्देश जाने कार्यमा आफ्ना बुबा संलग्न नभएकाे बताउँदै उनले निर्वाचनकाे समयमा भइरहेका अपराधिक र निर्वाचन भाँड्ने गतिविधिहरू काेइकसैले पनि गर्न नहुने र यसलार्इ नियन्त्रण गर्नकाे निम्ति प्रहरी प्रशासन अर्थात सुरक्षा संयन्त्र समेत बलियाे हुनुपर्ने उनले बताएकी छिन् ।

१३ बर्ष भूमीगत हुनुभएका आफ्ना बुबा राजनीतिक विचारकाे हिसाबले कुनै पक्षकाे समर्थक हुनुलार्इ असामान्य रूपमा लिनुनपर्ने बताउँदै अध्यक्ष लामाले राती छापामार शैलीमा घरमा आई बुबालार्इ पक्राउ गर्नुले आफूसमेत आश्चर्यमा परेकाे बताउँदै जाे अपराधिक क्रियाकलापमा संलग्न छ उसैलार्इ नै पक्राउ गर्नुपर्नेमा समेत जाेड दिइन् । साथै आफ्ना बुबा प्रेसर नसा लगायतकाे विरामी समेत रहेकाे कारण राज्यपक्षले विनाकारण दुख दिन नदिन समेत आग्रह गरिन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार