२३ अप्रिल,टोकियो । सम्मुनत समाज निर्माण गर्दै जनताको चाहना अनुरुपको विधिको शासन नै लोकतन्त्रको उपलब्धी भएको आईतबार टोकियोमा आयोजना भएको लोकतन्त्र दिवसमा सहभागी वक्ताहरुले बताएका छन ।

नेपालको सम्बद्धि र दिगो विकासका लागि प्रवासी संगठन एकता विषयमा छलफल भएको कार्यक्रममा जापानमा रहेका सबै सात राजनैतिक दलका भातृ संस्थाहरुले आईतबार टोकियोमा सयुंक्त आयोजना गरिएको चियापान सहितको शुभकामना कार्यक्रममा जापानमा रहेको संघ संस्थाहरुका अध्यक्षहरुको सहभगिता रहेको कार्यकममा वक्ताहरूले लोकतन्त्र नेपाली जनताको चाहनामा स्थापित भएको भन्दै लोकतन्त्रको उच्चतम उपयोग गर्दै देशको सम्बद्दिको लागि सबैले सहकार्य गर्नु पर्नेमा जोड दिएका थिए ।
भिन्न भिन्न विचार भएका राजनैतिक दलका जापानमा रहेका भातृ संस्थाहरुले संयुक्त कार्यक्रम गर्दै प्रवास बस्दा एकताको सन्देश जानेगरी सबै दलका प्रतिनिधिहरुले संयुक्त भएर शुभकामना सहित चियापान कार्यक्रम तय गरिएको एमाले निकटको प्रवासी नेपाली मञ्च कार्यवाहक अध्यक्ष बाबुराम भण्डारीले जानकारी दिनु भयो ।

जनसम्पर्क समिति जापानका कार्यवाहक अध्यक्ष पुष्कर जंग थापाको सभापतित्व तथा जापानको लागि नेपालको कार्यवाहक राजदूत कृष्णचन्द अर्यालको प्रमुख आतिथ्यतमा सम्पन्न भएको कार्यक्रममा एनआरएनएका ओम गुरुङ, सुदन थापा, रामजंग कार्की ,हवलचन्द्र लामा, शुशिल विर जबरा,यमलाल सापकोटा, निरन्जन गैरे, पदम ठगुन्न, बलराम श्रेष्ठ, बेलुकाजि थापा, सरिता ढकाल, मोहन घले, अनुज थापा लगायतले बोलेका थिएभने कार्यकमको संचालन प्रवासी नेपाली मचंका उप-महासचिव राजेन्द्र श्रेष्ठ गर्नु भएको थियो ।
कार्यक्रममा देशको राजनैतिक परिवर्तन र आम नागरिकको स्वतन्त्रको लागि आफ्नो जिवन आहुति दिने शहीदहरु प्रति श्रद्धान्जली दिई शुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




