काठमाडौं : बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित चपली हाइटमा सोमबार बिहान भएको विस्फोटमा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापासहित ११ जना घाइते भइका छन्। चुनावी घरदैलोका क्रममा भएको विस्फोटमा उम्मेदवार थापाको काम र ढाडमा चोट लागेको छ।
त्रिवि शिक्षण अस्पतालमा उपचार गरी उनलाई आरामका लागि अस्पतालबाहिर पठाइएको छ भने अन्य घाइतेको पनि शिक्षण अस्पतालमा नै उपचार भइरहेको छ। घरदैलोका क्रममा बिहान करिब १२ बजेर ५ मिनेटमा विस्फोट भएको प्रहरीले जनाएको छ। उम्मेदवार थापासहितका घाइतेलाई बमको छर्रा लागेको छ। थापाको शरीरबाट तीन छर्रा निकालिएको छ।
विस्फोटमा घाइते भएका २८ वर्षीय जयराज लामिछाने र ३२ वर्षीय रेणु बरुवालको दुबै खुट्टामा चोट लागेको छ। ४० वर्षीय श्यामकृष्ण श्रेष्ठ र २५ वर्षीय राजकाजी श्रेष्ठको दाहिने खुट्टामा चोट लागेको छ। ३० वर्षीय सुमन खड्काको पनि दाहिने खुट्टामा चोट छ। ४० वर्षीय ध्रुव खड्काको दाहिने हातमा चोट लागेको छ। ४३ वर्षीय पूर्णबहादुर श्रेष्ठको दाहिने हातमा चोट छ। ४४ वर्षीय रवीन्द्र कार्कीको निधारमा चोट छ। ४० वर्षीय कालीलाल श्रेष्ठ र ४० वर्षकै पार्वती श्रेष्ठको अवस्था समान्य छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




