काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ को प्रतिनिधि सभाको मतगणना तेस्रो पटक रोकिएको छ। शुक्रबार दिउँसो २ बजे स्थगित भएको मतगणना राति ८ बजे सुरु हुनासाथ रोकिएको थियो भने शनिबार बिहान ९ बजे सुरु भएको एक घण्टा नबित्दै पुनः स्थगित भएको हो।
१२८२ मत गनेपछि साढे १० बजे चारवटा बुथमा पाँचवटा फरक हस्ताक्षर देखिएपछि मतगणना पुनः स्थगित भएको हो। नेपाली कांग्रेसका प्रतिनिधि अशोक न्यौपानेका अनुसार गुठीघर सत्तल क र युनिभर्सल स्कुल ख, सरस्वती मावि ख, स्काईलार्क क को मत गणना भइरहेको थियो। हस्ताक्षर नमिलेको भन्दै विवाद गरेपछि नेपाली कांग्रेसका प्रतिनिधि उत्तर पाठकलाई मतगणना स्थलबाट बाहिर निकालिएको छ। उनले सुरक्षाकर्मी लगाएर अलोकतान्त्रिक शैलीमा आफूलाई मतगणना स्थलबाट बाहिर निकालेको जानकारी दिए।
मतगणना स्थलमा रहेका स्वतन्त्रका उम्मेदवार एक प्रतिनिधिले भने पाठकले निर्वाचन अधिकृतसँग आक्रामक शैलीमा अभद्र व्यवहार देखाएकाले निष्कासन गरिएको जानकारी दिए। गएराति ८ बजे पुनः गणना गर्न खोज्दा पनि मुचुल्का भन्दा तीन भोट बढी मत देखिएपछि मतगणना हुन सकेको थिएन। शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको मतगणना मध्याह्न २ बजेतिर मुचुल्क गर्दाको भन्दा १२ मत बढी देखिएपछि स्थगित भएको थियो। यसअघि ९ मत कम हुँदाको विवाद भने आपसमा छलफल गरी गणना नरोक्ने सहमति भएको थियो।
हालसम्मको गणनाअनुसार, काठमाडौं क्षेत्र ५ मा वामगठबन्धनबाट एमालेका ईश्वर पोखरेलले ४ हजार ९० मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी कांग्रेसका नेता प्रकाशरण महतले दुई हजर दुई सय ६१ मत ल्याएका छन्। विवेकशील साझा पार्टीका उज्जव थापाको ८ सय ९ मत आएको छ। क्षेत्र नम्बर ५ मा ३५ मत बदर भएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




