काठमाडौं, २८ मंसिर — भारतमा सबभन्दा धेरै बिक्री हुने अंग्रेजी पत्रिका द टाइम्स अफ इन्डियाको बुधवार प्रकाशित एक विश्लेषणमा नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भारत भयभीत भएको संकेत पाइएको छ ।
सचिन पराशरको बाइलाइन रहेको उक्त विश्लेषणमा वाम गठबन्धनको विजयपछि नेपालले भारतको छिमेक नीतिको सबभन्दा ठूलो चुनौती पेश गरेको भनी लेखिएको छ ।
लेखमा भनिएको छ :
कम्युनिस्टहरू नेपालको सत्तामा आउन ठिक्क परेको बेलामा भारतका लागि हौवाका रूपमा रहेका केपी शर्मा ओली प्रधानमन्त्री बन्ने लगभग निश्चित छ । बेइजिङमोहलाई रहस्यमा राख्न नचाहने ओली वाम गठबन्धनको ठूलो साझेदारको नेताका रूपमा प्रधानमन्त्री बन्दैछन् ।
ओलीलाई गत वर्ष प्रधानमन्त्री पदबाट राजीनामा दिन लगाइएपछि उनले भारतविरुद्ध नेपालको सरकार परिवर्तन गरेको आरोप लगाएका थिए । रिमोट कन्ट्रोलमार्फत माओवादीलाई आफ्नो सरकारको समर्थन फिर्ता लिन लगाएको उनको आरोप थियो ।
छरिएर रहेका कम्युनिस्ट पार्टीहरूलाई एकजुट पारेर चीनले वास्तवमा संसदीय निर्वाचनअघि कू नै ग–यो । रणनीतिक मामिलाका विज्ञ ब्रह्मा चलानीले नेपालको कम्युनिस्ट सरकार बेइजिङप्रति बफादार हुने बताएका छन् ।
‘अघिल्लो कार्यकालमा ओलीले मधेशी तथा भारतसँगको तनाव बढाएका थिए । उनका आलोचकहरू उनलाई चिल्ला ओली भन्छन् र उनले नेपालको राजनीतिक तथा संवैधानिक संकटका लागि भारतलाई बलिको बोको बनाए । उनी सत्तामा फर्कनु भनेको भारतका लागि खराब समाचार हो,’ चलानी टिप्पणी गर्छन् ।
पूर्व विदेशसचिव कँवल सिब्बलले ओली चीनबाट होशियार हुनुपर्ने बताए । कम्युनिस्टहरूलाई एकै ठाउँमा उभ्याउनका लागि पर्दापछाडिको खेल खेलेको चीनले चुनावपछि त्यसको असुलउपर गर्न खोज्ने उनी बताउँछन् ।
‘नेपालमा चीनको प्रभावका बारेमा सबैलाई थाहा छ । ओलीले सत्ता सम्हालेपछि सुझबुझका साथ कदम चाल्नेछन् अनि भारतका लागि टाउकोदुखाइ हुनेछैनन् भनी आशा गरौं,’ सिब्बलले भने ।
भारतसमर्थक नेपाली कांग्रेसले अभूतपूर्व रूपमा बेइज्जतीपूर्ण पराजय बेहो–यो ।
ओलीको कार्यकालमा अघिल्लो वर्ष नेपालले चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेर भारतसँगको निर्भरतालाई घटाउन खोजेको थियो । गत महिना एक चुनावी –यालीमा ओलीले नेपालमा आर्थिक नाकाबन्दीको युग चीनसँगको सम्झौतापछि अन्त्य भएको भनेका थिए ।
दुई वर्षअघि भारतले नेपालमा नाकाबन्दी लगाउँदा ओलीले यसरी भूपरिवेष्ठित मुलुकविरुद्ध नाकाबन्दी लगाइनु अन्तर्राष्ट्रिय सन्धि, मूल्य र मान्यताको उल्लंघन भएको बताएका थिए ।
दक्षिण एसियाली क्षेत्रमा चीनको बढ्दो प्रभावका कारण दबाबमा रहेको भारतले ओली श्रीलंका र माल्दिभ्स जस्तो गरी चीनसँग ननजिकिऊन् भनी सुनिश्चित गर्नुपर्छ ।
चलानी भन्छन्, ‘माल्दिभ्समा आफ्नो प्रभाव कम भएपछि भारतले नेपालमा पनि प्रभाव कम हुँदै गएको देख्नुपरिरहेको छ । अघिल्लोचोटि गठबन्धन सरकारको कमजोर धरातलभन्दा विपरीत ओली यसपाली सत्तामा लामै समय
रहनेछन् । नयाँ संविधानले प्रधानमन्त्रीविरुद्ध कम्तीमा दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था गरिएको छ ।’
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




