काठमाडौँ । उत्तरी छिमेकी चीनले नेपालमा वाम गठबन्धनले दुईतिहाई बहुमत ल्याएर स्थिर सरकार बन्ने निश्चित भएपछि राष्ट्रपति सी जिनपिङको भ्रमणबारे ‘ग्रिन सिग्नल’ दिएको छ ।
काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार नेपालमा वामपन्थी सरकार बनेलगत्तै राष्ट्रपति सी नेपाल भ्रमणमा आउने तयारी भइरहेको छ ।
एमाले र माओवादीको वाम गठबन्धनको बहुमतबाट स्थिर सरकार बनाउने र विकासलाई प्रोत्साहित गर्ने बाटो खुलेपछि चीनले आफ्ना राष्ट्रपतिको भ्रमण गराउन गृहकार्य थालेको हो ।
यसअघि केपी ओली प्रधानमन्त्री हुँदा पनि राष्ट्रपति सीको भ्रमणको तयारी भएको थियो । तर, त्यतिबेला सत्ता परिवर्तनले सी जिनपिङलाई नेपाल भ्रमण गराउने ओलीको प्रयास सफल भएको थिएन् । राष्ट्रपति सीले दक्षिण एसियाका अधिकांश देश (श्रीलंका, बंगलादेश, भुटान, पाकिस्तान र भारत)को भ्रमण गरिसकेका बेला नजिकको छिमेकी देश नेपाल आएका छैनन् ।
अब वाम गठबन्धनबाट सरकारको नेतृत्व गर्ने भावी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सीलाई नेपाल भ्रमण गराएर आफ्नो प्रयास सफल पार्ने भएका हुन् । ओलीले भ्रमणबारे चिनियाँ राजदूतसँग पनि चासो राखेको र छिट्टै भ्रमण हुने जानकारी गराएको ओलीको निजी सचिवालयले जनाएको छ ।
चिनियाँ दूतवासका एक उच्च अधिकारीका अनुसार नयाँ सरकार गठनलगत्तै सीले नेपाल भ्रमण गर्ने सम्भावना उच्च छ । भ्रमणबारे दुई देशका उच्च अधिकारी र राजनीतिक तहमा समेत अनौपचारिक छलफल भइरहेको छ ।
चीनका लागि पूर्वनेपाली राजदूत डा. महेश मास्केले नयाँ सरकार बनेलगत्तै सीको भ्रमण हुनसक्ने बताए । चीनको बेइजिङ इन्टरनेशनल स्टडी युनिभर्सिटीको इन्डियन सेन्टरका कार्यकारी निर्देशक सु लियाङले पनि राष्ट्रपति सीको भ्रमणको सम्भावना बढेको बताए । ‘हाम्रा राष्ट्रपतिको भ्रमण नेपालको नयाँ बन्ने सरकारमा निर्भर रहन्छ, मलाई लाग्छ छिट्टै भ्रमण हुन्छ,’ उनले भने ।
चीनको टिसिंघुवा विश्वविद्यालयका प्रोफेसर ली सीगुवाङले राष्ट्रपति सीको नेपालको भ्रमणका लागि अहिले उपयुक्त समय आएको टिप्पणी गरे । ‘सीको भ्रमणमा आर्थिक साझेदारीसम्बन्धी महत्वपूर्ण सम्झौताहरु हुनसक्छ । नेपाल सरकारले गृहकार्य गर्नु जरुरी छ,’ उनले भने
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




