काठमाडौँ, ११ पुस । एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरु अनौपचारिक र आन्तरिक छलफलमा व्यस्त हुन थालेका छन् ।
दुई वाम दलको चुनावी गठबन्धनले सुविधाजनक बहुमत ल्याएपछि नेताहरुको जिम्मेवारी बाँडफाँड र सैद्धान्तिक आधारका विषयमा फरक फरक धारणा सार्वजनिक भए पनि एकतालाई निष्कर्षमा पु¥याउन दुवै दलका तर्फबाट गृहकार्य जारी देखिएको छ ।
एमाले स्थायी कमिटीका सदस्य शंकर पोखरेलले एकतालाई असफल पार्ने पक्ष लाग्न खोजे पनि पूर्वघोषित सहमतिअनुसार आफूहरुको एकतामा अवरोध उत्पन्न नहुने बताए । केन्द्रका नेता दीनानाथ शर्माले पनि एकता हुनेमा शंका गर्नुपर्ने कारण नरहेको स्पष्ट गरे ।
गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको अन्तिम निर्वाचन परिणाम घोषणा हुनै लाग्दा दुई दलबीच नयाँ सरकार गठन र पार्टी एकताको प्रक्रिया शुरु भएको हो ।
भावी प्रधानमन्त्रीका विषयमा खासै विवाद नभएपनि एकीकृत पार्टीको अध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने, नगर्ने तथा कस्तो वैचारिक संगठनात्मक आधारमा एकता गर्ने भन्नेमा नेताहरुबीच फरक फरक धारणा आउँदा पार्टी एकताबारे केही भ्रम र अन्योलसमेत सिर्जना भएको छ ।
मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित गत असोज १७ गते एमाले र केन्द्रले एकता र तालमेलको घोषणा गरेका थिए । दुई दलले पार्टीको साझा दस्तावेज, विधान र संगठनात्मक खाका कोर्न अलगअलग कार्यदल पनि गठन गरेका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको विषय जनताबाट अनुमोदन भइसकेकाले आफूहरु त्यसबाट पछि नफर्कने जनाउँदै आउनुभएको छ । उहाँहरुबीच निरन्तर अनौपचारिक संवाद पनि भइरहेको छ ।
आजै चितवनको कार्यक्रमबाट काठमाडौँ फर्कनुभएका माओवादी केन्द्रका अध्यक्ष दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल भएपछि चाँडै पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ । समितिमा दुवै पार्टीका अध्यक्षसहित शीर्ष नेता सम्मिलित हुनुहुन्छ ।
गत शुक्रबारका लागि तय भएको एकता संयोजन समितिको बैठक त्यसदिन एमाले स्थायी कमिटीको बैठक हुनाका साथै अध्यक्ष दाहाल काठमाडौँ बाहिर रहेकाले हुन सकेको थिएन । एमालेको स्थायी कमिटीले पार्टी एकता र सरकार गठनको कामलाई सँगसँगै अघि बढाउने निर्णय गरेको थियो भने त्यसअघि बसेको केन्द्रको पार्टी केन्द्रीय कार्यालयको बैठकले सरकार गठनभन्दा अघि पार्टी एकतामा जोड दिएको थियो ।
माक्र्सवादी सिद्धान्तलाई पालना गर्दै विसं २००६ वैशाख ९ मा नेपालमा पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भएको थियो । कम्युनिष्ट पार्टी स्थापना भएदेखि टुटफुट, विभाजन, आरोप–प्रत्यारोप र एकताको शृंखला चल्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




