काठमाडौं, १९ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ताको तयारी भएको छ ।

दुबै दलका नेताहरुले दिएको अभिव्यक्तिलाई लिएर पार्टी एकताबारे शंका उत्पन्न भएपछि दुई नेताले भेट्न लागेका हुन् । यद्यपि समय भने तय भएको छैन ।

सञ्चो नभएका कारण एमाले अध्यक्ष ओली दुई दिनदेखि घरमै आराम गरिरहेका छन् ।

बुधबारबाट उनले सामान्य भेटघाट थालेका छन् । स्वास्थ्यमा थप सुधार भए साँझ वा भोलि प्रचण्डसँग भेट गर्न सक्ने उनको निजी सचिवालयले जनाएको छ ।

माओवादी एक नेताले भने, ‘केपी ओली विरामी भएकाले छलफल हुन नपाएको हो । स्वास्थ्यमा सुधार भए अध्यक्ष प्रचण्डले आज साँझतिर भेट्न सक्नुहुन्छ ।’


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार