Dr. Govinda KC Photo: THT File

काठमाडौं, २४ पुस । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले आरमण अनसन सुरु गरेका छन् ।
पराजुलीसहितको इजलासले डीन डा. शशी शर्मालाई पुनर्वहाली गर्न आदेश दिएलगत्तै डा. केसीले अनसन सुरु गरेका हुन् । केसी ४ बजेबाट अनसन बसेका छन् ।
यसअघि पत्रकार सम्मेलन गरेर डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि भ्रष्ट र माफिया भएको आरोप लगाए । ‘हाम्रो न्यायालय न्याय दिने होइन, न्यायको किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुसँग मिलेमतो गरेर तिनीहरुको संरक्षण गर्ने तथा इमान्दारहरुलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा छ’ उनले भनेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार