काठमाडौं, २४ पुस । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार नै असुरक्षित बन्दै गएको छ ।
स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको हाइलक्स गाडीको चार वटै टायर चोरी भएको घटना सेलाउन नपाउँदै फेरि अर्को चोरीको घटना भएको छ । पछिल्लो समय सिंहदरबारभित्रै विभिन्न चोरीका घट्नाले पनि यसलाई पुष्टि गरेको छ ।
आइतबार राति सिंहदरबारभित्र रहेको शान्ति तथा पुनर्निमाण मन्त्रालय छेउमा रहेको क्यान्टिनबाट ४२ हजार रुपैयाँ नगद चोरी भएको हो ।
सिंहदरबार प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) कपिल बोहोराले अनलाइनखबरलाई दिएको जानकारी अनुसार विश्वराज सिलवालले सञ्चालन गरेको फाइब स्पाइस क्यान्टिनबाट उक्त रकम चोरी भएको हो ।
पीडितले महानगरीय प्रहरी वृत्त, अनामनगरमा उजुरी दिएका छन् । प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । कडा सुरक्षा रहने भनिएको सिंहदरबारभित्रै चोरीको घटना हुनु लाजमर्दो भएको प्रहरी अधिकारी स्वयम् बताउँछन् ।
यसअघि गत वर्ष पुसमै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत् कम्प्यूटर अपरेटर सुष्मा श्रेष्ठको ल्याटप चोरी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




