काठमाडौं, २६ पुस । स्वास्थ्य अवस्थामा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएका डा. गोविन्द केसीलाई सर्वोच्च अदालत लगेर बहस सुरु गरिएको छ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा बहस सुरु भएको हो ।
केसीको पक्षबाट बहस गर्न सय जना अधिवक्ताहरूले वकालतनामा दिएको केसीका वकिल सुरेन्द्र भण्डारीले जानकारी दिए ।
अनशनमा बसेका केसीलाई अदालतको अवहेलना गरेको भन्दै सोमबार राति पक्राउ गरेर हिरासतमा राखेको थियो । मंगलबार पनि दिनभर उनलाई सर्वोच्चमा उपस्थित गराएर बयान लिइएको थियो । बेलुका उनको स्वास्थ्यमा केही समस्या देखा परेपछि वीर अस्पतालमा भर्ना गरिएको थियो ।
८ घण्टासम्म अदालतमा रहेका केसीले आफ्नो बयानमा पनि प्रधान न्यायाधीशमाथि नै अनुसन्धान गर्नुपर्ने र उनैले नै अदालतको अवहेलना गरेको बताएका छन् ।
यसैबीच केसीको समर्थनमा जुलुस निस्कन सक्ने आशंका गर्दै सरकारले आज सिंहदरबार वरिपरीको सुरक्षा व्यवस्था कडा पारेको छ । न्यायाधीश पुरूषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको इजलासको पहिलो नम्बरमा पेसी तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




