काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका गुन्डा नाइके मनोज पुनका सहयोगी पक्राउ परेका छन् । कतारमा पक्राउ परेका तुलबहादुर सिंजालीलाई प्रहरीले शनिबार नेपाल ल्याएको हो ।
अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलको सहयोगमा उनलाई कतारमा पक्राउ गरेर शनिबार नेपाल ल्याइपुर्याएको प्रहरीले जानकारी दिएको छ ।
नेपाल प्रहरीकी इन्टरपोल शाखाकी एसपी किरण बज्राचार्यले सिंजालीलाई शनिवार नेपाल ल्याएको पुष्टि गरिन्। दुर्गा तिवारीको हत्याका मुख्य अभियुक्त भएकाले खोजी सुचीमा थिए। केही साता अगाडी पक्राउ परेका सिंजालीलाई नेपाल ल्याएको उनले जानकारी दिइन् ।  सिंजालीलाई कतारमा प्रहरीले दुई साताअघि नै पक्राउ गरेको थियो।
गतवर्षको पुस ४ गते रुपन्देहीमा एमाले युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यामा सिंजालीको संलग्नता देखिएपछि प्रहरीको खोजी सुचीमा थिए।
सिंजालीले पुनको निर्देशनमा नेपालमा वसेर तिवारीको हत्या गर्ने सवै प्रवन्ध मिलाएका थिए।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार