काठमाडौं, १७ बैशाख । धुलोरहित काठमाडौं बन्न अझै चार महिना लाग्ने भएको छ ।
योजनाअनुसार काम अघि बढे अबको चार महिनापछि काठमाडौं धुलोरहित बन्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । त्यसका लागि महानगरले धुलो तान्ने ब्रुमर खरिददेखि सडक पखाल्नेसम्मको योजना अघि बढाएको छ । सडक पखाल्ने काम भने सुरु भइसकेको छ । सडक पखाल्ने अभियानकै क्रममा महानगरपालिकाले धुलो तान्ने ब्रुमर खरिद गर्दैछ । यसका लागि बढीमा चार महिना लाग्ने महानगरले जनाएको छ । पहिलो चरणमा पाँचवटा ब्रुमर र दोस्रो चरणमा थप पाँच ब्रुमर खरिद गर्ने योजना छ । ‘काठमाडौंका सडक पानीले पखाल्ने काम जारी रहँदा ब्रुमर मेसिन खरिद गरिसकिनेछ । यसका लागि बढीमा चार महिना लाग्नेछ,’ कार्यकारी अधिकृत ईश्वरराज पौडेलले भने, ‘ब्रुमर आएपछि काठमाडौंका सडक कुचोले होइन, ब्रुमरले सफा गरिनेछ । त्यसपछि काठमाडौं धुलोरहित बन्नेछ ।’


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार