किर्ते कागजातको अनुसन्धानका लागि प्रहरीको खोजी सूचीमा रहेका ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वडीआईजी नवराज सिलवालले ‘प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण’ को निष्पक्ष निकायबाट छानबिन माग गरेका छन् । उनले यो घटनाक्रममा आफ्नो विपक्षमा रहेकाबाटै छानबिन गरेर आफूलाई दोषी, अन्य सबैलाई निर्दोष साबित गर्ने खेल भइरहेको आरोप लगाएका छन् ।
‘प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणका सबै आयाममा निष्पक्ष निकायबाट छानबिन हुनु र दोषीमाथि कारबाही हुनु आवश्यक छ,’ सिलवालले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जुन मान्छे यो घटनाक्रममा मेरो विपक्षी छ, उसैले अनुसन्धान गर्ने र यसमा संलग्नहरूलाई निर्दोष साबित गरी मलाई प्रहार गर्ने जुन खेल भइरहेको छ, त्यसको अन्त्य हुनुपर्छ ।’
एक जनप्रतिनिधिको कर्तव्यसमेत आफूमा थपिएकाले यो विषयमा आम जनसमुदायलाई स्पष्ट पार्न भन्दै उनले विज्ञप्ति जारी गरेको उल्लेख गरेका छन् । उनले अहिले आफ्नो ज्यानमाथि समेत खतरा पैदा भएको दाबी गरेका छन् ।
‘अहिलेको संक्रमणकालीन कामचलाउ सरकार र त्यसको इसारामा वर्तमान प्रहरी नेतृत्वले जसरी पटकपटक मेरो जीउज्यानमाथि धावा बोल्ने प्रयास गरेको छ, त्यसले मेरो जीवन नै असुरक्षित रहेको अवस्था छ,’ सिलवालले विज्ञप्तिमा भनेका छन् । उनले राज्यसंयन्त्रले निष्पक्ष ढंगले काम गर्ने र अनुसन्धान पूर्वाग्रहप्रेरित नहुने वातावरण नबनुञ्जेल धैर्य गर्न पनि आग्रह गरेका छन् । अहिलेको सरकारले पूर्वाग्रही काम गरिरहेको आरोप लगाउँदै सिलवालले नयाँ सरकारले यो प्रकरणमा निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका हुन् । ‘यो सरकारले विधि, नियम र मर्यादा मिचेर गरेका योलगायत सम्पूर्ण कामहरूको आगामी जनमुखी सरकारले अद्योपान्त अनुसन्धान गर्नुपर्छ,’ उनले भनेका छन्, ‘भोलि निष्पक्ष अनुसन्धान नभए यस्तो कार्यमा संलग्न र अहिले त्यसबाट प्रत्यक्ष लाभ लिइरहेकाहरूलाई अन्याय हुन सक्छ, त्यसैले यो समग्र पक्षको निष्पक्ष अनुसन्धान हुनुपर्छ र दोषी दण्डित हुनुपर्छ ।’ सिलवालले प्रहरीको कर्मचारी प्रशासन सम्बद्ध गोप्य दस्तावेज आफूले सच्याउने सम्भावना ‘काल्पनिक कथ्य’ मात्र भएको उल्लेख गरेका छन् । कान्तिपुर दैनिकबाट ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




