काठमाडौं, १७ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ ।

सत्तारुढ माओवादी र कांग्रेसका सांसदहरुले आइतबार कार्कीविरुद्ध महाअभियोग दर्ता गरेका हुन् । मीनबहादुर विश्वकर्मा प्रस्ताव र माओवादी प्रमुख सचेतक टेकबहादुर विश्वकर्मा समर्थक छन् र २५९ जनाले हस्ताक्षर गरेका छन् । नेता विश्वकर्माले ‘कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप, कार्यसम्पादन क्षमताको अभाव, व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गर्ने, न्यायाधीशहरुमाथि फरक फरक व्यवहार गरेको, न्यायालयमा गुटबन्दी गर्न खोजेको अभियोग छ’ लागेको बताए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार