हेटौंडा । प्रदेश ३ को मुख्यमन्त्रीको कार्यालय आजबाट सञ्चालन हुने भएको छ । प्रदेश सरकारका प्रमुख सचिव रेश्मीराज पाण्डे आजै मुख्यमन्त्रीको कार्यालयमा पदबहाल हुँदैछन् ।

हेडौंटास्थित मकवानपुर जिल्ला समन्वय समितिको कार्यालय रहेको भवनलाई नै मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषदको कार्यालय कायम गरिएको छ ।

संविधान अनुसार फागुन ३ गतेभित्र मुख्यमन्त्री चयन भइसक्नुपर्ने भएकाले मुख्यमन्त्रीको कार्यालय सन्चालनमा ल्याउन लागिएको हो ।सरकारले एकसाता अघि उनलाई प्रदेश ३ को प्रमुख सचिव नियुक्त गरेको हो । यसअघि पाण्डे हेटौंडास्थित मध्यमान्चल क्षेत्रीय प्रशासक थिए ।

क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश प्रमुख अनुराधा कोइरालाको कार्यालय र आवास बनाइएपछि मुख्यमन्त्री र प्रमुख सचिवका लागि जिल्ला समन्वय समितिको भवन खाली गरिएको हो ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार