काठमाडौं, १८ बैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीले व्यवस्थापिका संसद्मा दर्ता भएको महाभियोग प्रस्तावले आफू आफू कत्ति पनि बिचलित नभएको प्रतिक्रिया दिदै डटेर सामना गर्ने समेत बताएकी छिन् ।
प्रधानन्यायाधीश कार्कीले महाभियोगले आफूलाई केही पनि फिल नभएको बताएकी छन् । तपाईंमाथि लागेको महाभियोगलाई कसरी लिनुभएको छ ? भन्ने प्रश्नको जवाफमा कार्कीले भनेकी छन्, ‘मलाई त केही फिल नै भएको छैन । ममाथि महाभियोग लाग्छ भन्ने पहिल्यै थाहा थियो ।’ उनले यही विषयमा कुरा गर्न माओवादी सांसद् रामनारायण बिडारीले पटक–पटक भेटका लागि समय मागेको तर आफूले समय नदिएको बताएकी छन् । ‘केही दिनयता माओवादी सांसद् रामनारायण बिडारीले मलाई पटक–पटक फोन गरी कांग्रेसको दबाब आइरहेको छ, एकपटक भेट्नुपर्यो भनिरहनु भएको थियो । तर मैले भेट्न मानिनँ’, कार्कीले नागरिकसँग भनेकी छन् । कार्कीले बिडारीलाई भेट्न आफूले इन्कार गरेपछि प्रधानमन्त्रीले आइतबार बिहानै पनि दूत बनाएर वर्षमान पुनलाई निवासमा पठाएको तर आफूले नभेटेको प्रष्ट पारेकी छन् । आफूले नभेटेपछि वर्षामान श्रीमानलाई भेटेर फर्केको उनले बताएकी छन् । ‘उहाँहरुले मलाई जे आरोप लगाएर महाभियोग दर्ता गर्नुभएको छ, त्यो त उहाँहरुले पुष्टि गर्नुपर्छ । तर, मैले न्यायप्रतिको निष्ठा र इमान्दारितामा कहिल्यै सम्झौता गरेकी छैन’, कार्कीले आफ्नो निडरता व्यक्त गर्दै भनेकी छन् ।
कार्कीले कार्यकारीको अधिकारमाथि हस्तक्षेप गरेको आरोपको समेत खण्डन गरेकी छन् । नागरिक दैनिकमा खवर छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




