बिराटनगर । प्रदेश १ को संसदीय दलको नेतामा सहमति जुटाउने एमालेको प्रयास असफल भएको छ ।
एमाले संसदीय दलको नेताका लागि भीम आचार्य र शेरधन राईको उम्मेदवारी परेको छ । मुख्यमन्त्रीका अर्का दावेदार जीवन घिमिरे भने पछि हटेका छन् ।
प्रदेश १ मा एमालेको बहुमत छ र वाम भागवण्डामा पनि मुख्यमन्त्री एमालेको भागमा परेको छ । दलको नेताका लागि उम्मेदवारी दिएका राई संस्थापन पक्षका हुन् भने आचार्य झलनाथ खनाल–माधव नेपाल पक्षका हुन् ।

अचार्यको पक्षमा सहमति जुटाउन एमाले सचिव योगेश भट्टराई विराटनगर पुगेका थिए । पोलिटब्यूरो सदस्य एव मोरङ ३ का सांसद भानुभक्त ढकाल लगायतका नेताहरु भने शेरधन राईलाई संसदीय दलको नेता बनाउने लविङमा लागेका छन् ।

प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ सिट गरी कुल ५१ सिट जितेको छ । संसदीय दलको नेता चुन्न निर्वाचन भएमा २६ मत आवश्यक पर्छ । विगतमा भएको निकटताको आधारमा प्रदेश संसदमा नेपाल समूहको भारी बहुमत छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार