काठमाडौं, २३ फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संगठनको पुनर्गठन गरिने भएको छ ।
लामा समानुपातिकतर्फबाट निर्वाचित भएकी हुन् । एकै व्यक्ति दुई पदमा बस्ने नहुने पार्टीको नियमअनुसार उनी अनेरास्ववियूको नेतृत्व छाड्ने तयारीमा छन् । नेकपा (माओवादी केन्द्र)सँग नेकपा(एमाले)को पार्टी एकता हुन लागेकाले आफ्ना भ्रातृ संगठनको महाधिवेशन एमालेले रोकेपछि लामाले केन्द्रीय कमिटी बैठकबाट नेतृत्व हस्तान्तरण गर्न लागेको अनेरास्ववियूका उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिए ।
“अध्यक्ष लामाको कार्यकाल सकिएको छ र प्रतिनिधिसभाको सदस्यमा समेत निर्वाचित हुनुभएको छ” उपाध्यक्ष बर्तौलाले भने, “केही दिनअघि अखिलको स्थायी कमिटी बैठकमा समेत उनले आफू प्रतिनिधिसभाको सदस्यको भइसकेको अवस्थामा नेतृत्व हस्तान्तरण गर्न कुरा बताएकी थिईन् ।”
अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)बीच तत्काल एकता पनि सम्भव नहुने भएपछि संगठनलाई चलायमान बनाउन लामाले नेतृत्व छाड्न लागेका हुन् । विसं २०७२ माघ २८ गते अनेरास्ववियूको २२ आँै राष्ट्रिय महाधिवेशन भएको थियो । दुई वर्ष कार्यकाल रहेको केन्द्रीय कमिटीको समयावधि सकिएको छ । लामाले नेतृत्व छाडेपछि संगठनका उपाध्यक्ष बर्तौला र रश्मि आचार्य, महासचिव ऐन महर र सचिव सुदेश पराजुली नयाँ नेतृत्वको दौडमा छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




