काठमाडौं, फागुन ३० । आमरण अनशन तोड्न नमानेका सांसद रेशम चौधरीलाई साङ्लोले बाँधेर उपचार गरेको खुलेको छ ।
काठमाडौंस्थित वीर अस्पतालमा उपचारका लागि भर्ना भएका सांसद चौधरीलाई साङ्लो लगाएर गोडामा बाँधेर उपचार गरिएको हो । लामो समयदेखि अनशनरत चौधरीको स्वास्थ्य अवस्था बिग्रेपछि थप उपचारका लागि हालै वीर अस्पताल ल्याइएको थियो । जनता पोष्ट दैनिकमा समाचार छ ।

चौधरी राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवार बनेर सांसदमा विजयी भएका थिए। राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलगायत नेताहरु चौधरीको अवस्था बुझ्न अस्पताल पुग्दा उनलाई साङ्लोमा बाँधेर राखिएको खुलेको थियो ।

साङ्लोमा बाँधेर राखिएको अवस्थामा चौधरीलाई देखेपछि ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी आक्रोश पोखेका थिए । ‘हामी आउँदा त जञ्जिरमा बाँधेर राखिएको अवस्था छ भने हाम्रो परोक्षमा चौधरीको कस्तो व्यवहार भइरहेको छ?’ भन्दै ठाकुले प्रधानमन्त्री ओलीलाई फोनमा आक्रोश पोखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार