काठमाडौं, ३० फागुन । मंगलबार मुलुकले तेस्रो राष्ट्रपतिको रुपमा लगातार दोस्रोपटक विद्यादेवी भण्डारीलाई पाएको थियो । सपथ भने बुधबार अपरान्ह ४ बजेको लागि तय भएको थियो । कानुन अनुसार प्रधानन्यायधीशले राष्ट्रपतिलाई सपथ खुवाउने चलन छ । उमेर विवादका कारण नैतिक संकटमा परेका प्रधानन्यायधीश गोपाल पराजुलीबाट सपथ लिने कि नलिने भन्ने खलमलका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार साँझ विवादित बनेका प्रधानन्याधीश गोपाल पराजुलीबाट सपथ लिए । लगत्तै उनलाई सचिव स्तरको निर्णयले गोपाल पराजुली पदमुक्त भएका बताएका थिए ।
नवनिर्वा्चित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो ।
पराजुलीले ६५ वर्षे उमेर हदका कारण पराजुलीले २१ साउनमै अवकास पाएको न्याय परिषद सचिवालयले जनाएको छ ।
न्याय परिषद् सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानेठिमी भक्तपवुरबाट आज प्राप्त पत्रका आधारमा पराजुलीले २१ साउनमा नै अवकास पाएको देखिएको परिषद्ले जनाएको छ । लगतै सचिवस्तरीय बैठकबाटै पराजुलीलाई पदमुक्त भएको पत्र काटिएको छ ।
न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारण अवकास हुने भएमा सम्वन्धीत न्यायाधीश र निकायलाई जानकारी गराउनु पर्ने उल्लेख छ ।
पत्रको अन्त्यमा भनिएको छ, सम्माननीय महोदयले न्यायसेवामा र्पुयाउनु भएको योगदानप्रति हार्दिक धन्यवादका साथ सेवा निवृत्त जीवन सुखमय रहोस् भन्ने कामना गर्दछु ।’
के हो उमेर विवाद ?
पराजुली पछिल्लो समय जन्ममिति विवादमा परेका थिए । सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले पराजुलीको जन्ममिति २००९ कायम गरेको थियो ।
सर्वोच्चले उच्च अदालतका तत्कालीन मुख्य न्यायाधीश सुरेन्द्रवीर सिंह बस्नेतको उमेरबारे कार्कीले गरेको निर्णय उल्टाएपछि न्याय परिषद्ले पराजुलीको पनि नयाँ जन्ममिति १६ वैशाख २०१० लाई मान्यता दिएको थियो ।
तर, न्याय परिषद्को निर्णयका बाबजुद पराजुलीको उमेर विवाद सुुल्झिएन । पराजुलीलाई बर्खास्त गर्न माग गर्दै डा. गोविन्द केसीले अनसन समेत बसेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




