२७ वैशाख, काठमाडौं । आजका पत्रपत्रिकाहरुले विविध विषयहरुलाई आफ्नो पहिलो पृष्ठमा स्थान दिएका छन् । निर्वाचन, संविधान संशोधन र एलइडी बल्ब खरिदबारे कुलमानले दिएको प्रष्टीकरणलगायत विषयहरुआजका पत्रपत्रिकाको मुख्य प्राथमिकतामा छन् ।
निर्वाचनमा सहयोग गर्न प्रधानमन्त्रीले सबै पक्षलाई गरेको आग्रहलाई मुख्य खबर बनाएर छापेको गोरखापत्रले प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायपालिकामाथिको आक्रमण अनुपयुक्त भनेर दिएको अभिव्यक्तिलाई पनि प्राथमिकताका साथ छापेको छ । काठमाडौं महानगरपालिकाको चुनावी प्रतिष्पर्धाको एक सामग्री पनि गोरखापत्रले लेखेको छ ।
४ जेठमा संविधान संशोधनको तयारी भएको विषयसँगै एलइडी बल्बबारे कुलमानले दिएको स्पष्टीकरणलाई नयाँ पत्रिकाले प्रमुखताका साथ लेखेको छ ।
राजधानी दैनिकले मतदान केन्द्रबाटै निर्वाचन शिक्षा दिने तयारी भइरहेको जनाएको छ । राजधानीमा घोषणापत्र बेचेर निर्वाचन खर्च जुटाउनेदेखि बिकट बाजुरामा धामीझाँक्रीको प्रभावसम्मका खबर छन् ।
अन्नपूर्ण पोस्ट दैनिकले निर्वाचनलगत्तै मतगणना हुने जनाएको छ भने नागरिक दैनिकले सरकारबाट भएको निर्वाचन आचारसंहिता उल्लंघनको घटनालाई मुख्य खबर बनाएर छापेको छ । कान्तिपुर दैनिकले निर्वाचनमा भएका तालमेललगायतका विषयलाई पहिलो पृष्ठमा लेखेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




