काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सातै प्रदेशका मुख्य मन्त्रीहरुलाई प्रदेश र केन्द्रबीच कसरी समन्वय गराउने भन्ने बारे सिंहदरवारमा छलफलमा डाकेको थियो ।
सातै प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्रीसामू प्रदेशमा कानुन र स्रोत साधनका साथै केन्द्र सरकारबाट समन्वयनको भएको गुनासो गरे । प्रधानमन्त्री केपी ओलीले भने सबै सरकारको लक्ष्य विकास र समृद्धि हुनुपर्ने भन्दै समन्वय गरेर अघि बढ्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले सरकारका मन्त्रीहरुलाई राखेर सात प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव र मुख्यन्यायाधिवक्तासँग झण्डै छ घन्टा छलफल गरेका हुन् ।
प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले भने, ‘संघीयता कार्यान्वयनका लागि यो महत्वपूर्ण बैठक हो । यसमा प्रदेश सरकार कसरी चलेको छ ? प्रदेशले केन्द्रसँग कसरी समन्वयन गर्न के गर्नुपर्छ भन्ने छलफल भएको छ ।’
बैठकलाई सुरुमा प्रधानमन्त्रीले सम्बोधन गरेका थिए । उनले विकास र समृद्धि सबैको साझा लक्ष्य भएको बताए ।
त्यसपछि सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले प्रदेश सरकार सञ्चालनका क्रममा भोग्नु परेको समस्या राखेका छन् ।
ऐन कानुन निर्माण, स्रोत साधन सबैमा केन्द्रले गर्नुपर्ने जति सहयोग नगरेको उनीहरुको गुनासो छ । ‘ऐन कानुन बन्ने क्रममा छ, त्यसमा जुन किसिमको सहयोग हुनुपर्थ्यो त्यो हुन सकेको छैन’ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भने, ‘प्राविधिक र जानकार जनशक्ति अभाव भएको छ ।’
गाडी, कर्मचारीदेखि भौतिक पूर्वाधारको समस्या पनि मुख्यमन्त्रीहरुले उठाएका छन् । साथै प्राकृतिक स्रोत र राजश्व बाँडफाँटका लागि अझैसम्म आयोगहरु नबनेकोमा ध्यानाकर्षण गराएका छन् ।
केन्द्रीय कर्मचारीको तर्फबाट सहयोगी भूमिका खेल्नुपर्नेमा नभएको मुख्यमन्त्रीहरुको साझा गुनासो थियो । ‘स्रोत साधन र दक्ष जनशक्तिको अभाव खड्किएको कुरा हामीले राखेका छौं र प्रधानमन्त्रीले सहयोग गर्ने बचन दिनुभएको छ’ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भनेका छन् ।
प्रदेशगत समस्याहरु पनि मुख्यमन्त्रीहरुले राखेका छन् । प्रदेश २ ले जन्मसिद्ध नागरिकता नपाएको तथा प्रदेश र स्थानीय सरकारको मर्यादाक्रम नमिलेका विषयहरु बैठकमा उठाएको छ ।
प्रधानमन्त्रीका सल्लाहकार रिमालका अनुसार मुख्यमन्त्रीहरुले उठाएका प्रश्नमा अर्थ, कानुन, गहृ र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीहरुले पनि जवाफ दिएका छन् ।
‘सबै सरकार नेपाल सरकार हुन् र मिलेर काम गर्ने हो, द्रुत गतिमा विकास गर्नुपर्छ’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले हामीलाई संघीयताबाट फर्किने, असफल हुने अनुमति छैन । मिलेर अघि बढ्नुपर्छ भन्नुभएको छ ।’
शून्यबाट काम थाल्नु पर्ने अलिअलि अलमल स्वभाविक भएको भन्दै उनले आपसी समन्वय गरेर अघि बढ्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले केन्द्र सरकार सहयोग गर्ने र आगामी दिनमा समन्वयको कमी नहुने आश्वानस दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




