बर्दिया, १० चैत । बलात्कार गरेको आरोपमा प्रहरीले बिहीबार दुइजनालाई पक्राउ गरेको छ ।

गुलरिया ६ बस्ने इब्राहिम मनियार र बारबर्दिया नगरपालिका बनियाभारका नरबहादुर घिमिरेलाई बलात्कार आरोपमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार गरलरिया र बनियाभारका अझै दुइृवटा बलात्कारका घटनाबारे उजुरी दिने पीडित पक्षको तयारी छ ।
गत शनिबारयता बर्दियाका विभिन्न ठाउँमा बलात्कारका चारवटा मुद्दा दर्ता भएको र दुईवटा मुद्दा दर्ता प्रक्रियामा रहेको प्रहरीके भनाइ छ ।

माया प्रेममा धोका, मदिरा सेवन र सामाजिक सञ्जालको दुरुपयोगले बलात्कारका घटना बढेको प्रहरीको विश्लेषण छ । आजको नागरिक दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार