काठमाडौं, ११ चैत । गृह मन्त्रालयले प्रहरी सेवा अवधि तत्काललाई ३० वर्षे नै कायम गर्ने तयारी गरेको छ ।

गृहमन्त्रालयमा शनिबार दिउँसो गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा भएको संघीय प्रहरी ऐनको मस्यौदामाथिको छलफलमा ३० वर्षे सेवा अवधिलाई तत्काल नहटाउने राय सुझाव आएपछि मन्त्रालयले सो तयारी गरेको आजको राजधानी दैनिकमा खबर छ ।

स्रोत अनुसार, गृह सहसचिव मोहनकृष्ण सापकोटा, सहसचिव तथा उपसचिवलगायतको सहभागीता रहेको बैठकमा अधिकांशले नेतृत्व परिवार्तनको सँघारमा प्रहरीको सेवा विवाद गर्न नहुने धारणा राख्दै हालको ३० वर्षे सेवा अवधि नै कायम गनै उचित हुने सुझाव दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार