काठमाडौं, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओली चैत अन्ति साता भारतको राजकीय भ्रमणमा निस्कदैछन् । ओली भारत भ्रमणमा जानुअघि दक्षिण एशियाकै सबैभन्दा बलियो शक्तिशाली कम्युनिस्ट पार्टीको नेता बन्न चाहेको खबर आएके छ । भ

ारत भ्रमणमा निस्कनुपूर्व पार्टी एकता गर्ने ओलीको चाहना सार्वजनिक भएपछि यो प्रश्न उठेको हो । देशभित्र शक्तिशाली प्रधानमन्त्री बनिसकेका ओलीले शक्तिशाली कम्युनिस्ट पार्टीको अध्यक्षका हैसियतमा भारतीय नेताहरुसँग प्रस्तुत हुन खोजेको अनुमान गरिएको छ । ओलीको यहि चाहना बुझेरै पार्टी एकता सम्बन्धी सांगठानिक र राजनीतिक दस्तावेज तयार पार्न गठित कार्यदलले ढिलोमा तीन दिनभित्र आ आफ्नो प्रतिवेदन बुझाउँदैछन् ।

एमाले उप महासचिव बिष्णु पौडेलले दुईतीन दिनभित्रै दुवै कार्यदलले आफ्नो काम सिध्याउने बताए । त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर बाँकी विषय टुंगो लगाउनेछ । ७ फागुनमा भएको सातबुँदे सहमतिले पार्टी एकता गर्ने आधार तय गरिसकेकाले प्रधानमन्त्रीको भारत भ्रमणअघि एकता हुनसक्ने पौडेलले बताए ।

एमाले र माओवादीबीच एकीकरणको घोषणा नेपाल कम्युनिस्ट पार्टी स्थापनाको दिन अर्थात २२ अप्रिलमा हुने भनिएको थियो । तर त्यसअघि नै प्रधानमन्त्रीको भारत भ्रमण तय भएकाले पार्टी एकता अगाडि सार्न खोजिएको स्रोतले जनाएको छ ।

ओलीका भारतीय समकक्षी नरेन्द्र मोदी विश्वकै शक्तिशाली नेतामध्येका एक बनिरहेका छन् । उनीसँग करिव दुई तिहाई बहुमत छ भने पार्टीमा पनि उनको एकछत्र राज छ । भारतका अधिकांश प्रान्तीय सरकारमा पनि मोदीको पार्टी बिजेपीले क्लिन स्वीप गरिरहेको छ ।
यता नेपालमा पनि यो वर्ष सम्पन्न तीनै तहका निर्वाचनमा ओली नेतृत्वको एमालेले विजय हासिल गरेको छ । स्थानीय तह निर्वाचनमा एक्लै लडेर पहिलो बनेको एमाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनका नेतृत्व गर्दै गर्दै तत्कालिन सत्तारुढ कांग्रेसलाई ‘क्लिन स्वीप’ को अवस्थामा पु¥याउन सफल भयो । जसको तरंग अहिले पनि कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रकट भइरहेको छ ।

भारतमा मोदी र चीनमा शी जिनफिङ शक्तिशाली बनिरहेका बेला ओलीले दुवै देशको भ्रमणअघि शक्तिशाली कम्युनिस्ट पार्टी बनाउन चाहेको कुरा लुकाउन सकिन्न । चीन र भारत दुवै छिमेकीले धेरै वर्षदेखि नेपालमा स्थायीत्व, शान्ति र विकास देख्न चाहेको बताउँदै आएका छन् । स्थायित्वबिना विकास, शान्ति र सम्बृद्धि नहुने भनिरहेका बेला नेपालमा वामपन्थी गठबन्धनले बहुमत प्राप्त गरेर स्थिर सरकार बनेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार